बिर्तामोड, २८ जेठ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड झापा (एनएमसी) ले एनएमसी सिटीसी चिया बजारमा ल्याएको छ ।
आज एनएमसीकाे बिर्तामोड शाखा कार्यालयमा पत्रकार सम्मेलन गरेर संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले एनएममसी ब्राण्डकाे सिटीसी चियाकाे प्याकेट सार्वजनिक गरेका हुन् ।
साे ब्राण्डकाे सिटीसी चिया पाँचसय ग्रामकाे रू.२६० र दुईसय ग्रामकाे रू.१३५ मूल्य बराबरकाे प्याकेट बजारमा ल्याएको हो ।
उनले यसअघि चिया पारखीका लागि अर्थोडक्समा ब्ल्याक टी, ग्रीन टीका प्याकेटहरु बजारमा ल्याएको जानकारी दिए ।
विज्ञकाे परामर्समा नेपालमा उत्पादित गुणस्तरीय र राम्राे चियाको छनोट गरी मिश्रणमा उपभोक्ताको माग अनुसारको चियाका प्याकेट बजारमा ल्याइएको चिया विज्ञ कमल भारतीकाे दावी छ ।
चिया पारखीहरुको मागलाई ध्यानमा राखि सिटीसी चिया बजारमा ल्याएको उनकाे भनाई छ ।
२०५० सालमा स्थापना भएकाे एनएमसी सहकारीले हाल पाँचवटा व्यवसाय सञ्चालन गरिरहेको छ । जसमा डेरी उद्योग , सहकारी पसल, बचत तथा ऋण , कृषि फार्म र चिया उद्योग छन् ।
२०७८ असार महिनादेखि एनएमसी चिया उद्योग सुरु भएको हो । मेचीनगर−५, स्थित सुरेन्द्रनगरमा एनएमसीको चिया उद्योग सञ्चालनमा छ ।
सहकारीले चिया व्यवसाय विस्तारका क्रममा २०७८÷०७९ मा इलामका ३ वटा चिया सहकारी संस्थासँग एकीकरण गरेको थियो ।
एनएमसीले इलामको साँघुबेसी, सिद्धपोखरी र इलामेली चिया सहकारीसँग एकीकरण गरी सोही आर्थिक वर्षदेखि किसानहरुद्वारा उत्पादित हरियो चिया पत्ती खरिद र प्रशोधन गर्दै आएको छ ।
सो आर्थिक वर्षमा ७५ हजार केजी तयारी अर्थाेडक्स उत्पादन गरेर स्वदेशी र विदेशी बजारमा बिक्री वितरण गरिएको संस्थाका अध्यक्ष उप्रेतीले बताए । यस उद्योगबाट आगामी वर्ष २ लाख केजी तयार चिया उत्पादन गर्ने लक्ष्य रहेको उनको भनाई छ ।
निकट भविष्यमा एनएमसीले मह, ताेरीकाे शुद्व खानेतेल लगायतका वस्तु उत्पादन गर्ने लक्ष्य राखेको छ ।
एनमएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे स्वागत उपाध्यक्ष भगवती घिमिरेले र सञ्चालन सहकारीका चिया व्यवसाय शाखाका प्रमुख रविन्द्र पाण्डेले गरेका थिए ।
Discussion about this post