मेचीनगर, ३२ जेठ । मेचीनगर नगरपालिकाले असार १ गतेदेखि तीन महिना नदीजन्य पदार्थ उत्खनन तथा संकलन कार्यमा रोक लगाएको छ ।
नगरपालिकाले विहीबार एक सूचना जारी गरेर साे कुरा जनाएको हो ।
मेचीनगरको मेची, निन्दा, टिमाइ लगायतका खोलाबाट ढुंगा, गिट्टी, बालुवा लगायतका नदिजन्य पदार्थ प्रयोग गरिदैँ आएको छ ।
नगरपालिकाले नेपाल सरकारको निणर्यानुसार विगत बर्षहरु झै यसबर्ष पनि असार, साउन र भदाै महिनाभरि यस नगरपालिका क्षेत्रमा रहेको नदी, खोलाहरुबाट नदीजन्य सामाग्रीहरु जस्तै ढुंगा, गिट्टी, बालुवा, ग्राभेल आदि उत्खनन तथा संकलन कार्य बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश पराजुलीले जानकारी दिए ।
कसैले नेपाल सरकारको साे निणर्यको बर्खिलाप गरेको पाइएमा नियमानुसार दण्ड, जरिवाना गरिने उनले बताए ।
Discussion about this post