२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पूर्वीद्वारको स्थापना दिवस

वक्तृत्वकलामा सरस्वती माविकी युना गौतम प्रथम

असार ७, २०८०, ४:२४ .बिहिबार
0
0
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ७ असार । ‘आर्थिक विकासमा सहकारीको महत्व’ विषयक मेचीनगर स्तरीय सामुदायिक विद्यालय अन्तर मावि वक्तृत्वकला प्रतियोगितामा मेचीनगर–१२ स्थित सरस्वती बालकल्याण माविकी युना गौतम प्रथम भएकी छन् ।

आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभाहलमा पूर्वीद्वार बचत तथा ऋण सहकारी संस्थाको १७ औँ स्थापना दिवसको अवसरमा मेचीनगर स्तरीय सामुदायिक विद्यालय अन्तर मावि वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा सरस्वती बालकल्याण माविकी युना गौतम प्रथम, मेचीनगर–८ स्थित आदर्श माविकी शिक्षा बाँस्तोला दोस्रो, मेचीनगर–५ स्थित बालकल्याण माविकी कुसुम लिम्बू तेस्रो र मेचीनगर–१० स्थित धुलाबारी माविका स्वर्णिम बराल चौथो स्थान हासिल गर्न सफल भएका थिए ।

उनीहरुलाई नगदसहित सम्मान पत्रद्वारा पुरस्कृत गरिएको थियो । प्रथम, दोस्रो, तेस्रो र चौथो हुनेलाई क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको थियो ।

प्रतियोगिताको निर्णायकको संयोजकमा धर्मनन्द खनाल तथा सदस्यहरुमा निरोज कट्टेल र दामोदर ढुंगेल थिए । कार्यक्रममा संस्थालाई योगदान गर्ने शेयर सदस्य र सञ्चालक समिति सदस्यहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतियोगिताका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका मेयर गोपालचन्द्र बुढाथोकीले पुरस्कारसहित प्रमाणपत्र वितरण गरेका थिए । उनले सहकारीहरुले मौसमी खेती सञ्चालन गरेर किसानहरुलाई उत्पेरित गर्नु पर्ने धारणा राखेका थिए ।

धुलाबारीमा प्रधान कार्यालय रहेको संस्थाको मेचीनगरमा मुख्य कार्यालयसहित ८ वटा सेवा कार्यालयहरु रहेका छन् । २०६३ असार ७ गते ३३ जना शेयर सदस्यबाट उठाएको ३३०० रुपैयाँको पुँजीले आज १७ वर्ष पुग्दा दुई करोड ६५ लाख शेयर पुँजी छ भने ६ हजार ४८ जना शेयर सदस्य रहेको संस्थाले जनाएको छ ।

पूर्वीद्वार साकोसका अध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई (विपी)को अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष मणिराम खतिवडाले गरेका थिए । कार्यक्रमको अ‍ौचित्यमाथि कार्यक्रम संयोजक निरोज कट्टेलले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन व्यवस्थापक प्रल्हाद खड्काले गरेका थिए ।

पछिल्लो समाचार

हाेराइजनले राख्यो बस बिसौनीमा टायर सिट

अघिल्लो समाचार

२० वर्षपछि ‘दर्पण छायाँ’ को सिक्वेल ल्याउने तयारी

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.