मेचीनगर, १० साउन । लागूपदार्थ सेवन (लापसे) गरेर सवारी साधान चलाउने तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधवार जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले मेचीनगर–७ स्थित प्यारिभिट्टामा गाडी रोकेर जाँच गर्दा तीन जना चालकले लागूपदार्थ सेवन गरेको पाइएकोले नियन्त्रणमा लिएको हो ।
ती चालकहरुको पिसावबाट लागूपदार्थ सेवन गरे–नगरेको परीक्षण गर्दा लागूपदार्थ सेवन गरेको पाइएकोले कारवाहीका लागि नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी झापाका प्रमुख प्रहरी निरीक्षक प्रविन जोशीले बताए । उनीहरुलाई कानुनी कारवाहीका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा पठाइएको उनले बताए ।
जिल्ला ट्राफिक, इप्रका, ट्राफिक प्रहरी पोष्ट काँकरभिट्टाले यातायात व्यवसायी, स्थानीयबासी र सञ्चारकर्मीहरुकोे रोहवरमा किट मार्फत लागूपदार्थ सेवन जाँचका क्रममा तीन जना चालकको नतिजा पोजिटिभ आएको थियो ।
लागूपदार्थ सेवन गरेर गाडी कुदाउँनेलाई प्रहरीले कडाई गर्न थालेको छ । सोही क्रममा ट्राफिक प्रहरीले सवारी साधनमा नियम बमोजिम जडान नगरिएका प्रेस हर्नका सामग्रीहरु हटाउँन थालेको छ । ट्राफिक प्रहरीले १५ दिन अघिदेखि कोशी प्रदेशभरी यो अभियान सुरु गरेको छ ।
Discussion about this post