३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘माग्दा आफ्नो अधिकार पाइदैन भने आन्दोलन गर्नुपर्छ’

साउन २७, २०८०, २:२१ .शनिबार
0
0
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

झापा, २७ साउन । अखिल नेपाल यातायात मजदुर निजी विद्यालय चालक संघ झापाले हक, अधिकार स्थापित गर्न अन्तरक्रिया गरेको छ ।

संघले यसअघि निजी विद्यालयका चालक र सहचालकका विषयमा भएका सम्झौता कार्यान्वयन गर्न पहल तथा थप सेवासुविधा सुरक्षित गर्न आज बिर्तामोडमा अन्तरक्रिया गरेको हो ।

संघका झापा अध्यक्ष पदमलाल तामाङको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष भूपाल सापकोटाको प्रमुख आतिथ्य रहेको थियो ।

अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सापकोटाले राजनीतिक आस्था जुनसुकै पार्टीमा भएपनि मजदुरका पेशागत हक, अधिकारका लागि टे«ड युनियन महासंघले साथ र सहयोग गर्ने बताए ।

‘आन्दोलन गर्ने कसैको रहर हुँदैन’, उपाध्यक्ष सापकोटाले भने –‘माग्दा आफ्नो हक, अधिकार पाइदैन भने त्यसका लागि आन्दोलन गर्नुपर्छ ।’

उनले शिक्षा र स्वास्थ्यका क्षेत्रमा राम्रो ब्यापार भएको बताउँदै कर्मचारीलाई सेवा सुविधा नदिए आफ्ना हक, अधिकार सुरक्षित गर्नका लागि सवै एकताबद्ध हुनुपर्ने बताए । सापकोटाले सामाजिक सुरक्षा ऐनले गरेको ब्यवस्थामा सवैलाई जोडिन आग्रह समेत गरे ।

सापकोटाले यदि कसैले आफ्नो हक, अधिकारका लागि संगठन र आन्दोलन गर्दा जागिरबाट निस्काशन गरे त्यसको प्रतिकार टे«ड युनियन महासंघले गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

अखिल नेपाल ट्रेड युनियन महासंघकी केन्द्रिय उपमहासचिव तथा कार्यक्रमकी विशिष्ठ अतिथि सीता सापकोटाले निजी विद्यालयका चालक र सहचालकलाई विद्यालयले समयअनुकूल सेवासुविधा दिन सक्दैन भने विद्यालय बन्द गर्नुपर्ने बताइन् ।

उनले आफ्नो हकहितका लागि सांगठानिक एकता आवश्यक रहेकाले सवैलाई एकताबद्ध भएर अघि बढ्न आग्रह समेत गरिन् ।

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय उपसचिव हरि निरौला, अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय सदस्य जानकीप्रसाद भट्टराई लगायतले बोलेका थिए ।

अन्तरक्रिया कार्यक्रममा निजी विद्यालयका चालकहरुले आ–आफ्ना समस्या समेत राखेका थिए भने जिल्लाभरका चालक र सहचालकको बाक्लो उपस्थिति रहेको थियो ।

संघका झापा अध्यक्ष पदमलाल तामाङले चालक र सहचालकलाई संगठित हुन पत्र नै दिएकाले सवैले संगठित भएर आफ्ना हक, अधिकार सुरक्षित गर्न सवैलाई आग्रह गरे ।

संघका कोषाध्यक्ष सूर्य लिम्बुले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव इन्द्र योङहाङले गरेका थिए ।

पछिल्लो समाचार

महिला क्रिकेट टिमले टी–२० सिरिज खेल्ने

अघिल्लो समाचार

फुटबलको उपाधि धुलाबारी विद्युत केन्द्रलाई

Related Posts

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
banner

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार
अन्तत् टुक्रियो कांग्रेस
banner -1

अन्तत् टुक्रियो कांग्रेस

पुस ३०, २०८२, ११:१४ .बुधबार
मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner -2

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.