झापा, २८ साउन । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले उच्च स्तरीय छानविन समिति नबने सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने प्रस्ताव गरेका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा पौडेलले उच्च स्तरीय छानविन समिति बन्नुपर्ने दावी प्रस्तुत गरेका थिए ।
हालसम्मका सबै भ्रष्टचारका मुद्धा छानविन गर्ने गरि उच्चस्तरीय समिति बन्नुपर्ने मत पौडेलले जोडदारका साथ राखेका छन् ।
सुन प्रकरणको विषय मात्रै नभई विगतका ठूला भ्रष्टचारको छानविन हुने गरि शक्तिशाली समिति बनाउनुपर्ने पौडेलको भनाई छ । उच्च स्तरीय समिति बन्न नसके सरकारलाई दिएको समर्थन पार्टीले फिर्ता लिनुपर्ने तर्क पौडेलको छ ।
कांग्रेस संसदको सबैभन्दा ठूलो दल भएर पनि त्यस अनुसारको भूमिका संसदमा नदेखिएको उनले बताए । ‘सरकार र दल फरक होइन ? सरकारलाई हामीले औंला ठड्याउन सक्नुपर्दैन ?’ पौडेलको प्रति प्रश्न थियो ।
Discussion about this post