२६ बैशाख २०८३, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ११:२७ .आइतवार
0
0
0
SHARES
51
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १४ असोज । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा देश हाक्न सक्ने कम्युनिष्ट पार्टी बाहेक कुनै पनि पार्टी नजन्मेको बताएका छन् ।

आज काँकरभिट्टामा समाजवादी जागरण अभियानको उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो कुरा बताएका हुन् ।

उनले सरकारले जनताको पीरमार्का बुझेन, समस्या समाधान गर्नतिर लागेन भने त्यो सरकार जनताले मन नपराउने बताए ।

हिजै मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणबाट आएपछि जनताका समस्याहरुलाई सरकारले सम्बोधन गर्नुपर्छ भन्ने उद्देश्यले पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाउने काम गरिएको उनको भनाई छ ।

पूर्व प्रधानमन्त्री समेत रहिसकेका नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्दे अघि बढ्ने उद्देश्यले समाजवादी जागरण अभियान सुरु गरिएको बताए ।

‘समाजवादको बाटोमा जान कम्युनिष्टहरुवीच एकता आवश्यक छ’, अध्यक्ष नेपालले भने–‘त्यसैले चार वटा पार्टीहरुसँग मोर्चाबन्दी गरेका छौँ । कसैप्रति हाम्रो संकिर्ण सोच राख्दैनौँ । आउन चाहाने अन्य कम्युनिष्टहरुलाई मोर्चामा स्वागत गर्न चाहान्छौँ ।’

पुँजीवादी साशनले देश कब्जा गर्यो : झलनाथ खनाल

कार्यक्रममा पार्टीका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले दलाल पुँजीवादी साशनले देश कब्जा गरेकोले जनताको गाँस, बास र कपासको व्यवस्था अहिलेसम्म राज्यले गर्न नसकेको दावी गरे ।

पुँजीवादी विकृति विसंगती समाधान गर्न पनि समाजवाद आवश्यक भएको उनको भनाई छ । उनले जवसम्म देशमा समाजवाद आउँदैन तवसम्म हाम्रो यो अभियान नरोकिने ठोकुवा गरे । अहिलेसम्म व्यवस्था बदलियो तर जनताको अवस्था उस्तै रहेको नेता खनालको गुनासो रहेको छ ।

नामाकरणको विषय टुंग्याउनु पर्छ : जयन्ती राई

पार्टीका केन्द्रीय उपाध्यक्ष जयन्ती राईले कोशी प्रदेशको नामाकरणका विषयमा चाडो छलफल गरेर समस्या समाधान गर्नुपर्ने बताइन् ।

गणतन्त्रले बाटो विराएको छ : घनश्याम भुसाल

पार्टीका केन्द्रीय महासचिव घनश्याम भुसालले गणतन्त्र बाटोमा अल्मलिएको बताए ।

‘गणतन्त्रले बाटो विराएको छ’, भुसालले भने–‘हिजै भन्नु पथ्र्यो, ढिलो भयो । राजनीतिक विग्रीएको छ । बाटो विराएका कारण कम्युनिष्टहरु एकहुने काम भइरहेको छ । त्यसैले यो अभियानले पक्कै पनि रोजगारी, सुशासन र समृद्वि ल्याउने छ ।’

कृषिमा निर्भर ५९ लाख परिवार मध्ये ३० लाख परिवारलाई व्यवस्थापन गरेर कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ हाम्रो अभियान सुरु गरिएको उनको भनाई छ ।

कार्यक्रमअघि काँकरभिट्टा बजारमा र्याली आयोजना गरिएको थियो । र्यालीमा अध्यक्ष नेपाल, वष्ठि नेता झलनाथ खनाल, उपाध्यक्षहरु घनेन्द्र वस्नेत, जयन्ती राई, कृषि मन्त्री वेदुराम भुसाल, उपमहासचिव जगनाथ खतिवडा, रामकुमारी झाँक्री, दिपक मनाङ्गे लगायतका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु पार्टी परित्याग गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । सो अवसरमा सडक नाटक समेत प्रदर्शन गरिएको थियो ।

आइतबारदेखि सुरु हुने अभियान अनुसार असोज १४ गते पहिलो दिन बिर्तामोड र दमकमा कोणसभा कार्यक्रम रहेको छ । आज अभियानको टोली सुनसरीमा बस्ने छ । १५ गते सप्तरी, १६ गते धनुषा, १७ गते रौतहट, १८ गते बारा, १९ गते चितवन, २० गते रुपन्देही, २१ गते बुटवल, २२ गते दाङ, २३ गते बाँके, २४ गते बर्दीया, २५ गते टिकापुर, २६ गते धनगढी, २७ गते महेन्द्रनगर र २८ गते सुर्खेतमा समापन हुनेछ ।

पार्टीका प्रदेश अध्यक्ष बलदेव चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठ र सञ्चालन झापा इन्चार्ज पुष्प पोखरेलले गरेका थिए ।

 

 

पछिल्लो समाचार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अघिल्लो समाचार

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

Related Posts

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि
banner -1

बाणिज्य संघकाे चुनाव सम्पन्न, मतगणना भाेलि

बैशाख २६, २०८३, ११:५५ .शनिबार
मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 
banner -2

मेचीनगरमा अन्तर धार्मिक सद्भाव कार्यक्रम 

बैशाख २६, २०८३, ४:१२ .शनिबार
सत्ता गठबन्धनसँग कांग्रेस एक्लै भिड्दै
banner -1

आज मेची उद्योग बाणिज्य संघकाे चुनाव

बैशाख २६, २०८३, १:५५ .शनिबार
गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए
banner

गाउँका पसलमा पनि खान अयोग्य वस्तु भेटिए

बैशाख २५, २०८३, २:३७ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.