४ बैशाख २०८३, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

इजरायलमा हमला

हमासको आक्रमणमा १० नेपाली मारिएको पुष्टि

अशोज २१, २०८०, ३:५४ .आइतवार
0
0
0
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ असोज । प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् ।

५० वर्षअघि योम किपर युद्ध सुरु भएको दिन (६ अक्टोबर)को भोलिपल्ट हिजो शनिबार हमासले इजरायलमाथि ठूलो आक्रमण गरेको थियो । इजरायली अधिकारीहरुका अनुसार यो आक्रमणमा परी मारिनेको संख्या ६०० नाघेको छ । सयौं मानिस घाइते भएका छन् ।

आक्रमणमा नेपालीहरु पनि परेका थिए । उनीहरुमध्ये १० जनाको मृत्यु भएको पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरिन् ।

राजदूत रिजालले अनलाइनखबरलाई बताएअनुसार मृत्यु हुनेमा घोडाघोडी–४ कैलालीका नारायण न्यौपाने, जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली, बाउनिया–३ कैलालीका आशिष चौधरी, लेकाम–५ दार्चुलाका दिपेशराज विष्ट, सपही–६, धनुषाका आनन्द साह र मधुवन–१, सुनसरीका राजेशकुमार स्वर्णकार छन् ।

यस्तै पाँचनली–डोटीका राजन फुलारा, लामिखाल–८ डोटीका पदम थापा, सारदा–३ सल्यानका प्रवेश भण्डारी र मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्र सिंह धामीको पनि मृत्यु भएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दंगीशरण–३ दाङका प्रवीण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुवैको खुट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

राजदूत रिजालले अनलाइनखबरसँग भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्धार गर्न प्रयासरत छौं ।’

आइतबार बिहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमणमा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्धार सम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

‘संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ’, प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

संयन्त्र गठन भएलगत्तै परराष्ट्रमन्त्री साउदले नेपालस्थित इजरायली राजदूतसँग भेट गरेका छन् भने इजरायली सरकारका अधिकारीसँग टेलिफोन संवाद गरेका छन् । ‘इजरायली सरकारसँग कुराकानी भइसकेको छ ।

उहाँहरूले नेपालीहरू फर्किनका लागि विमानस्थलको सहजीकरण गर्ने, भिडन्त भएको क्षेत्रभन्दा बाहेकका विमानस्थलबाट नेपाल ल्याउने कुरामा उनीहरूलाई नेपालको दूतावाससँग कुराकानी गरेर सहयोग गरिदिने बताएका छन’, मन्त्री साउदले भने ।

नेपालीलाई सुरक्षित राख्नका लागि कोसिस भइरहेको भन्दै उनले भने, ‘थप क्षति नहोस् भनेर हामीले अनुरोध गरेका छौं । त्यस्तो भएको खण्डमा दूतावाससँग सहकार्य गरेर ल्याउने भनेको छ ।’

इच्छुकलाई फिर्ता ल्याउनका लागि विमानस्थल खुला रहेको र अप्ठ्यारो भए दूतावासले समन्वय गर्ने उनले बताए । ‘घटना भएको स्थलमा धेरै ठूलो हताहती भएको देखिन्छ । तर द्वन्द्व सीमित ठाउँमा भएको छ’ उनले भने, ‘त्यहाँ रहेकाहरु नेपाल आउन चाहन्छन् वा चाहँदैनन्, त्यसअनुसार आवश्यक कदम चाल्छौं।’

मन्त्री साउदले त्यस क्षेत्रमा रहेका नेपालीहरूको अवस्था बुझ्न एवम उनीहरूको सुरक्षाको प्रत्याभूति गर्न परराष्ट्र मन्त्रालयले आफ्नो संयन्त्र एवं सम्पर्क परिचालन गरेको जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले नेपाली दूतावासलाई नेपालीको उद्धार गर्न, त्यहाँको वस्तुस्थितिको जानकारी गराई सुरक्षित रूपमा रहन इजरायल सरकारले जारी गरेको सुरक्षा निर्देशन तथा नियम पालना गर्नका लागि नेपालीलाई जानकारी गराउन निर्देशन दिएको छ ।

नेपाली दूतावासले इजरायलमा रहेका नेपालीलाई आवश्यक जानकारी सम्प्रेषण गर्ने, इजरायल सरकारसँग समन्वय गरी आवश्यक उद्धार र घाइते नेपाली नागरिकको उपचारका लागि पहल गरेको मन्त्री साउदले बताए ।

मन्त्री साउदले इजरायलमा रहेका नेपालीको स्थिति पहिचान गर्न नेपालीलाई सुरक्षित तवरले रहने प्रबन्ध गर्न उद्धार तथा सहयोग गर्न आवश्यक समन्वय र सहजीकरणको काम भइरहेको बताए ।

(अनलाइन खवर)

पछिल्लो समाचार

सहाराले दियो दशैँको मुखमा १५२ सदस्यलाई वृद्वभत्ता

अघिल्लो समाचार

जनता पेन्ट्सको ‘पेन्टर मिट’ महोत्तरीमा

Related Posts

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने
banner -2

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.