३ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

खेलकुद

फाइनलमा आयोजक नकलबन्दा र आदर्श भिड्ने

बैशाख ३, २०८३, ३:३९ .बिहिबार
0
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ३ वैशाख । तेस्रो जिल्ला स्तरीय नकलबन्दा नकआउट फुटबल प्रतियोगिताकाे फाइनलमा आयोजक र आदर्श क्लब भिड्ने भएका छन् ।

अन्तिम सेमिफाइनल खेलमा आदर्श युवा क्लब बुधबारेले धुलाबारी फुटबल ट्रेनिङ सेन्टरलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

अब उपाधिका लागि आदर्शले आयोजक नकलबन्दा स्पोर्टिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

मेचीनगर-८ स्थित विष्णुलक्ष्मी मन्दिरको खेल मैदानमा विहीबार सम्पन्न खेल निकै प्रतिस्पर्धात्मक रह्यो ।

निर्धारित ७० मिनेटको खेल १-१ गोलको बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको थियो ।

खेलको ३८औँ मिनेटमा आदर्शका निमा तामाङले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा धुलाबारीका विवेक राजवंशीले महत्वपूर्ण गोल फर्काउँदै खेललाई १-१ को बराबरीमा पुर्‍याए ।

पेनाल्टी सुटआउटमा भने आदर्श युवा क्लब बुधवारेले आफूलाई मजबुत सावित गर्‍यो ।

आदर्शका निमा तामाङ, सुजन मगर, सञ्जय लिम्बू र निशान बस्नेतले सफल प्रहार गर्दै टोलीलाई जित दिलाए ।

यता धुलाबारीका अरुण मेचे र राजु दर्जीले मात्र गोल गर्न सके । सेमन्त थापा र फिरोज अलीको प्रहार भने आदर्शका गोलरक्षक उपेन्द्र ल्वागुनले उत्कृष्ट रूपमा बचाए ।

यस खेलमा आदर्शका गोलरक्षक उपेन्द्र ल्वागुन नायक बने । उनले पेनाल्टीमा महत्वपूर्ण दुई वटा प्रहार बचाउ गर्दै टोलीलाई जित दिलाए ।

उत्कृष्ट प्रदर्शनका लागि उनी ‘म्यान अफ द म्याच’ घोषित भए र नगद एक हजार ५ सयसहित ट्रफी प्राप्त गरे ।

अब प्रतियोगिताको फाइनल खेलमा आदर्श युवा क्लब बुधवारे र आयोजक नकलबन्दा स्पोर्टिङ क्लबबीच शनिबार प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।सहभागी टिमहरूमा आयोजक नकलबन्दा स्पोर्टिङ क्लब, ब्रदर्स एफसी दमक, पूर्णिमा युवा क्लब भद्रपुर, पूर्वेली युवा क्लब बिर्तामोड, शनिश्चरे युवा क्लब, धुलाबारी फुटबल ट्रेनिङ सेन्टर, डीएफसी बाहुनडाँगी, नेक्स्ट जेनेरेशन फुटबल क्लब र आदर्श युवा क्लब बुधवारे रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद एक लाख १ हजार र उपविजेताले  ५१ हजार नगदसहित ट्रफी पाउने छ ।

प्रत्येक खेलको ‘म्यान अफ द म्याच’लाई नगद एक हजार ५ सय प्रदान गरिँदै आएको छ ।

साथै प्रतियोगिताको अन्त्यमा बेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर, सर्वाधिक गोलकर्ता र बेस्ट गोलरक्षकलाई जनही ३ हजार एकसय नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

पछिल्लो समाचार

इन्धनमा फेरि बढ्याे मूल्य

Related Posts

पेट्रोलियम पदार्थको मूल्य घट्यो
banner

इन्धनमा फेरि बढ्याे मूल्य

बैशाख ३, २०८३, १:१४ .बिहिबार
सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी
banner

सशस्त्र प्रहरीले कुदाएकाे बुलेट बाइकमा एक्कासी आगलागी

बैशाख १, २०८३, १०:१८ .मङ्लबार
कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`
banner -2

कांग्रेसले सुरू गर्याे एक महिने ´जरा अभियान`

बैशाख १, २०८३, ९:५१ .मङ्लबार
कक्षा १२ को परीक्षा भदौ ३० देखि
banner -1

वैशाख २९ गतेभित्र एसईईकाे नतिजा आउने

बैशाख १, २०८३, ९:३३ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.