मेचीनगर, २४ असोज । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेतीलाई मातृशोक परेको छ ।
उनका ८९ वर्षीया आमा जानुकादेवी उप्रेतीको मेचीनगर–६, पूर्वी भानुटोल स्थित निजी निवासमा निधन भएको हो ।
यहि असोज २० गते हर्टका कारण उपचारका लागि बिर्तामोड स्थित वीएण्डसीमा लगिएको थियो । आज विहान ११ वजे उपचार सम्भव नभएपछि घर ल्याइएको थियो ।
दिउँसो सवा ३ वजे निजी निवासमा नै उनको निधन भएको परिवजारले जनाएको छ । परिवारका अनुसार मस्तिस्कघात कारण निधन भएको हो ।
उनका श्रीमान त्रिलोचन उप्रेतीको यसअघि नै निधन भइसकेको छ । ४ छोरावुहारी र २ जना छोरीज्वाई छन् । छोरावुहारीहरु रामचन्द्र–लक्ष्मी, लक्ष्मीप्रसाद–मीना पोखरेल, गोपीचन्द्र–ममता भेटवाल र मनोज–विष्णु मैनाली उप्रेती छन् ।
सहकारी अभियन्ता राममचन्द्र एनएमसीका निवर्तमान अध्यक्ष, लक्ष्मीप्रसाद काँकरभिट्टा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख एवम् एनएमसीका सीईओ, गोपीचन्द काठमाडौँ स्थित युएनडीपीमा काम गर्छन् भने मनोज उप्रेती सुर्योदय टेलिभिजनका सञ्चालक, मीना पोखरेल उप्रेती मेचीनगर नगरपालिकाकी उपमेयर हुन् ।
छोरीज्वाईहरुमा हरिमाया उप्रेती मैनालीका ज्वाई यसअघिनै निधन भएका छन् । वविता–विमल ढकाल छन् । वविता उप्रेती ढकाल उच्च अदालत ओखलढुंगाकी न्यायाधीश हुन् ।
स्व. जानुकादेवीको पार्थिव शरिरको विहीबार विहान १० वजे स्थानीय मेची नदीमा अन्त्यष्टि गरिने परिवारले जनाएको छ ।
Discussion about this post