२७ कार्तिक २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

प्रहरीमा उजुरी दिन्न्, पालाको पैंचो लिन्छु : दुर्गा प्रसाई

अशोज २३, २०८०, ३:०६ .मङ्लबार
0
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ असोज । विगतमा बैंकका साहुहरुलाई कालो मोसो दल्ने अभियानमा हिँडेका व्यवसायी दुर्गा प्रसाईं आज आफैैं ‘पीडित’ बने । उनलाई कान्तिपथमा अज्ञात व्यक्तिहरुबाट कालो मोसोको लोला प्रहार भयो ।

व्यवसायी प्रसाईंले ‘कुख्यात राष्ट्रघाती, अपराधी र तस्करहरुको फोटो सार्वजनिक गर्ने’ भन्दै आज कान्तिपथको होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रममा मेनस्ट्रिमका सञ्चारमाध्यमहरु नआए पनि युट्यूबरहरुको बाक्लो उपस्थिति थियो । प्रसाईंले भ्रष्टाचारी र तस्कर भन्दै देशका केही व्यवसायीहरुको तस्बिर सार्वजनिक गरे पनि ।

कार्यक्रम सकेर उनी बाहिर निस्किएपछि घटना भएको हो । प्रसाईं आफ्नो गाडीभित्र चढिसकेका थिए । हिँड्ने क्रममा झ्यालबाट मुन्टो निकालेर सबैलाई अभिवादन गरिरहेको बेला उनीमाथि कतैबाट प्लाष्टिकको लोला प्रहार भयो । लोलाले लागेर प्रसाईं निथ्रुक्कै भए । त्यसपछि सहयोगीले उनलाई सट फुकाल्न लगाएर गाडीबाट निकाले, अनि होटलको लवीमा लगेर राखे । त्यहाँ लुगा फेराएर उनलाई घरतर्फ लगिएको थियो ।

प्रहरीले घटनामा कसैलाई पक्राउ गरेको छैन । अहिलेसम्म प्रसाईंले प्रहरीमा उजुरी पनि दिएका छैनन् । प्रहरीले उजुरी गर्न आग्रह गर्दा उनले इन्कार गरेका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै प्रसाईंले एमालेनिकट युवा संघमाथि शंकाको सुई तेर्स्याएका छन् । एमाले अध्यक्ष केपी ओलीविरुद्ध पनि उनी खनिए ।

प्रसाईंका अनुसार उनलाई लोला हान्नेहरुले ‘केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद, पवन गोल्यान जिन्दावाद’ भन्दै नारा लगाएका थिए । उनी भन्छन्, ‘म सबै जनालाई चिन्छु । मसितै हिँडेका केटा त हुन् नि एमालेका । प्रहरीले उजुरी दिन भनेको थियो, तर मैले दिइनँ ।’

प्रसाईंले केपी ओली र महेश बस्नेतकै डिजाइनमा यो घटना गराइएको दाबी गरे । ‘म तपाईंलाई भन्छु एउटा कुरा । सुभाष नेम्वाङ मरेको बेलामा मलामीमा दुर्गा प्रसाई धेर उम्लियो, यसलाई ठीक गर्नुपर्छ भनेर कुरा भएको मलाई खबर आएको थियो । ममाथि निकै ठूलो एट्याक हुँदैछ भन्ने लागेको थियो । तर भएन । यिनीहरुको शक्ति देखिहालेँ मैले । युवा संघमा संघ मात्रै छ, युवाजति सबै बाहिर गइहाले । अर्को कुरा, तपाईंले के बुझ्दिनुस भने सर्वहारा बर्ग र भूईंमान्छेलाई सिध्याउनेहरुको फोटो सार्वजनिक गर्दा एमालेका युवा संघका नेता तथा कार्यकर्ताले ममाथि हमला गर्छन् भनेपछि यो देश सिध्याउने मुख्य नायिके केपी ओली रहेछन् भन्ने आज पुष्टि भयो ।’

‘तपाईंले पनि हिजो विभिन्न व्यक्तिहरुलाई कालो मोसो दल्ने भनेर हिँड्नुभएको थियो । आज आफैं पीडित हुनुभयो । कस्तो महसुस हुँदोरहेछ ?’

मलाई त स्वाद लाग्यो कालो मोसोले । म ह्याप्पी छु । मैले भुटानी शरणार्थी गरेर होइन, वेश्यावृत्ति गरेर होइन, अर्काको जग्गा खाएर, सुन तस्करी गरेर कालो मोसो खाएको होइन । मैले त नागरिक बचाउँछु भन्दा कालो मोसो खाएको छु । यसमा केको आत्मग्लानी । म त एकदमै खुशी छु ।’

आजको कार्यक्रम चाहिँ के भयो ?

आजको कार्यक्रम जे उद्देश्यले गरेको थिएँ, त्यो सफल भयो । अबको कार्यक्रम योभन्दा धेरै खतरा हुन्छ । अब नेतादेखि व्यवसायी सबै जोडिन्छन् ।

अब सिधै एमालेसँग जुध्ने हो तपाईं ?

एमालेसँग होइन । जो भ्रष्ट र तस्कर छ, त्योसँग छ ।

फेसबुकमा त पालोको पैंचो जनताले तिर्नेछन् भनेर ओलीलाई ईंगित गरेर लेख्नुभएको छ नि ?

त्यो त जनताले तिर्छन् नि पालोको पैंचो ।

तपाईं पनि कालोमोसो दल्न हिँड्ने हो अब ?

किन दल्नु ? कसलाई दल्नु ? कालो मोसो दल्ने लायकका पनि छैनन् यिनीहरु ।

प्रहरीमा चाहिँ जानुहुन्न ?

म जान्नँ । मैले त हजुरबालाई बधाई दिइसकेँ त । केपी ओलीले जस्तो बिरुवा रोप्नुभएको छ, त्यस्तै फल फल्छ मर्ने बेलामा । हिजो एमालेका लागि मैले ८–१० करोड खर्च गरेर त्यत्रो पार्टी प्रवेश गराएको छु । दुर्गा प्रसाईं एउटा राष्ट्रप्रेमी मान्छे हो भन्ने एमालेले बुझ्नुपर्छ ।

यसरी दुर्व्यवहार गर्नुपर्ने एमालेको के रैछ सिइबी तपाईंसँग ?

यिनीहरु तस्कर र भ्रष्टाचारीसँग मिलेका छन् । म तस्कर र भ्रष्टाचारीको पर्दाफास गर्दै हिँडेको छु । अनि मविरुद्ध नलागेर कोविरुद्ध लाग्छन् ?

घटनापछि प्रसाईले सामाजिक सञ्जालमा स्टाटस लेख्दै ओली र एमालेलाई ‘धन्यवाद’ दिएका छन् । प्रसाईं लेख्छन्, ‘हजुरबा केपी ओली र कमरेड महेश बस्नेत लगायत सम्पूर्ण एमाले तथा राष्ट्रिय युवा संघलाई धन्यवाद छ । तपाईंहरुले दिनुभएको पैंचो नेपाली जनताले छिट्टै फिर्ता गर्नेछन् ।’

(नेपाल प्रेसबाट)

 

 

पछिल्लो समाचार

मेचीनगरका कर्मचारी पनि आन्दोलित

अघिल्लो समाचार

काँकरभिट्टाका उप्रेती परिवारलाई मातृशोक

Related Posts

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार
झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी
banner -2

झापा महिला गोल्डकप : उपाधिमा पुलिस र एपिएफको दावी

कार्तिक २३, २०८२, १२:४३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.