झापा, २४ असोज । भद्रपुर नगरपालिका–२ स्थित रामपोखरी सामुदायिक वनको कमलधाप सिमसार क्षेत्रमा आज विहान वयस्क हात्ती मृत फेला परेको छ ।
कमलधाप सिमसारको दलदलमा डुबेको अवस्थामा मृत हात्ती फेला परेको जिल्ला सामुदायिक वन महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले जानकारी दिए ।
उनका अनुसार हात्तीको अगाडिको भाग हिलोमा डुबेको अवस्थामा फेला परेको छ ।
Discussion about this post