भद्रपुर, २९ असोज । नापी कार्यालय भद्रपुरका सर्वेक्षक र विचौलिया सेवाग्राहीसँग घुस लिएको आरोपमा सोमबार पक्राउ परेका छन् ।
नापी कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विलौचिया उमेश यादवलाई एक लाख २५ हजार घुस लिएको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।
उनीहरुले जग्गा कित्ताकाट गरे वापत भद्रपुर नगरपालिका–७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद ७० हजार र ५५ हजारको चेकसहित एक लाख २५ हजार घुस लिएका थिए । सो रकमसहित दुवै जनालाई पक्राउ परेको आयोजनाका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको दाहालले बताए ।
Discussion about this post