झापा, १७ कात्तिक । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले माओवादी र एकीकृत समाजवादी(एस)लाई पनि सहभागी गराएर मन्त्रीपरिषद् विस्तार गरेका छन् ।
उनले आफूले पूर्वमुख्यमन्त्री हिक्मत कार्कीकै एजेण्डा अनुसार सहमतीय सरकार बनाउन माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको बताए ।
विश्वासको मत नपाएर यसअघि दुई जना मुख्यमन्त्री सरकारबाट बाहिरिनु परेको भन्दै उनले आफूले पाएको विश्वासको मतको सम्मान गरेको बताए । पूर्व मुख्यमन्त्री कार्कीले भन्ने गरेको सहमतीय सरकारकै एजेण्डा अनुसार आफू अघि बढेको उनले बताए ।
आफूहरुको सहमति विपरीत कार्कीले माओवादी र एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराएको भन्दै नेकपा एमाले असन्तुष्ट छ । नयाँ मन्त्रीको शपथग्रहणमा एमालेको सहभागिता समेत रहेन ।
यसबारेमा पत्रकारले सोधेको प्रश्नमा मुख्यमन्त्री कार्कीले हतार–हतारमा प्रदेश प्रमुख कार्यालयबाट निम्तो नपुगेर एमाले नआएको हुन सक्ने बताए ।
Discussion about this post