धुलाबारी, २४ मंसिर । मेचीनगर लेडी जेसीजको वर्ष २०२४ को अध्यक्षमा पवित्रा विमली प्रसाई चयन भएकी छिन् ।
]शनिवार जेसीजको दशौं बार्षिक साधारण सभाले प्रसाईलाई अध्यक्षमा चयन गरेको हो ।
समितिको कार्यकारिणी उपाध्यक्षमा शकुन्तला ढकाल र एलिशा बुढाथोकी रिजाल चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षहरूमा शर्मिला तिम्सिना, सुनिता कोइराला, गीता पौडेल र लक्ष्मी कोइराला चयन भएको वर्ष २०२३ की अध्यक्ष रश्मी थापाले जानकारी दिइन् ।
Discussion about this post