मेचीनगर, ३० मंसिर । पत्रकार डम्बर बराललाई मेचीनगरको एउटा सहकारीले सम्मान गरेको छ ।
आज मेचीनगर–७ स्थित आराध्य बचत तथा ऋण सहकारी संस्थाले आठौं वार्षिक साधारण सभाको अवसरमा सहकारी पत्रकारिता पुरस्कारबाट मेची आवाज साप्ताहिकका सम्पादक बराललाई ५ हजार नगदसहित सम्मान गरेको हो ।
बराल प्रेस क्लव मेचीनगरका अध्यक्ष समेत हुन । मेचीनगर–८ स्थित किराँत याक्थुङ्ग चुम्लुङ्गको सभाहलमा सम्पन्न साधारण सभामा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणीलाई समेत सम्मान गरेका छ ।
यसरी सम्मानित हुनेहरुमा उत्कृष्ट बचत कर्ता तर्फ कमला कुमारी राजवंशी र उत्कृष्ट ऋणीतर्फ .गीता राजवंशी छन् ।
कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रह्लादमणी ओलीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष ओली, ज्येष्ठ नागरिक समिति मेचीनगर–७ का अध्यक्ष पीताम्बर शर्मा पौडेल,
सम्मानित व्यक्तित्व पत्रकार बराल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्षको प्रतिवेदन संस्थाका उपाध्यक्ष युवराज आचार्यले प्रस्तुत गरेका थिए ।
आराध्य साकोसका अध्यक्ष गीता राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत सचिव कमल ढुंगेलले र सञ्चालन लेखा संयोजक नारायण दंगालले गरेका थिए ।
Discussion about this post