मेचीनगर, ३० मंसिर । सतीको श्राप बगाउने उद्देश्यले शुक्रबार काँकरभिट्टामा मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराणको रथ यात्राको सुरुवात गरिएको छ ।
मेचीनगर–८, सुन्दर टेल स्थित नव दुर्गा मन्दिरमा आयोजित १०८ श्रीमद्भागवत महापुराणको रथ यात्राको सुरुवात गरिएको हो ।
शुक्रबार विहान ११ बजे दुर्गा मन्दिरबाट काँकरभिट्टा स्थित लक्ष्मीनारायण मन्दिरसम्म कलशसहितको रथयात्रा गरिएको थियो ।
महापुराणको आचार्य दुर्गाप्रसाद खतिवडाले उद्घाटन गरेका थिए । यहि मंसिर २९ गतेदेखि सुरु महापुराण ५ गतेसम्म सञ्चालन हुने नव दुर्गा मन्दिर समितिका अध्यक्ष केशर तिम्सिनाले जानकारी दिए ।
त्यसपछि विभिन्न जिल्लाका स्थानमा हुँदै महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण हुने धार्मिक अनुष्ठान सेवा समाज बिर्तामोडका अध्यक्ष पं.माधवशरण खनालले जानकारी दिए ।
दुर्गा मन्दिरमा आयोजित महापुराणमा पं.देवीप्रसाद खतिवडाले कथा बाचन गरिरहेको समितिका सदस्य राजु थापा क्षेत्रीले बताए ।
आगामी २०८२ साल फागुन महिनाको शुक्लपक्षमा सतीको श्राप बगाउने उद्देश्यले मेचीदेखि महाकालीसम्म १०८ श्रीमद्भागवत महापुराण आयोजना गरिएको छ ।
Discussion about this post