२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा गोल्ड कप : महिलालाई सदस्य बन्न ५० प्रतिशत छुट

माघ २२, २०८०, ८:३३ .सोमवार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २२ माघ । खेलप्रेमी महिलाहरुलाई लक्षित गर्दै झापा गोल्ड कप आयोजक समितिले सदस्यता विस्तारको अभियानलाई अघि बढाएको छ ।

सदस्यता शुल्कमा ५० प्रतिशत छुट गर्दै आयोजक समितिले सदस्य संख्या बढाउने निर्णय गरेको हो । झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतका अनुसार महिलाहरुलाई सदस्य बन्न ११ हजार रुपैयाँ निर्धारण गरिएको छ ।

खेलप्रेमी महिला दिदी–बहिनीहरुलाई पनि झापा गोल्ड कपको सदस्य बनाउने उद्देश्यले २१ हजार रुपैयाँ सदस्यता शुल्कमा छुट गर्दै ११ हजार रुपैयाँ मात्रै कायम गरिएको हो ।

छैटौँ संस्करणको तयारीमा रहेको झापा गोल्ड कपको सदस्य संख्या थप गरेर महिला सहभागितालाई प्राथमिकता दिइएको कोषाध्यक्ष केदार गिरीले जानकारी दिए ।

प्रतियोगिताको छैटौँ संस्करण यही फागुन १९ गतेदेखि २८ गतेसम्म डोमालाल राजवंशी रंगशालामा सञ्चालन हुँदैछ ।
यो संस्करणमा कम्तिमा एकसय जना महिला सदस्य संख्या बढाउँदै संस्थालाई थप दर्बिलो बनाउने योजना रहेको अध्यक्ष बस्नेतले बताए ।

यसअघि सदस्यता लिइसकेका सदस्यहरुको नवीकरण कार्य पनि जारी रहेको गोल्ड कपको सचिवालयले जनाएको छ ।
सबै सदस्यहरुलाई समयमै सदस्यता नवीकरण गर्न आग्रह गरिएको सचिवालय प्रमुख एवम् महासचिव गजेन्द्र पौडेलले जानकारी दिए ।

इन्जिनियरहरुसँग छलफल

यसैबीच, बिर्तामोडमा रहेको झापा गोल्डकपले झापाका इन्जिनियरहरुसँग छलफल गरेको छ । आसन्न छैटौँ संस्करणको झापा गोल्डकपको तयारी तथा हालसम्मको प्रगतिका बारेमा हालै बिर्तामोड स्थित गोल्डकपको सचिवालयमा बृहत छलफल गरेको हो ।

गोल्डकपको दिगोपना, सबैको सहभागिता तथा अपनत्व, अक्षयकोष लगायतका विषयमा छलफल गरिएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

अन्तरक्रिया कार्यक्रममा नेपाल इन्जिनियर एसोसिएसन झापा च्याप्टरका अध्यक्ष इन्द्रमणि घिमिरे, बिर्तामोडका प्रभाष थापा मगर, अजित ढुंगान, साग्रिला लामा, भिजन भण्डारी, विशाल जवेगू, विवेक जवेगू, लक्ष्मी आले मगर लगायतले गोल्ड कप राम्रो र हाम्रो कसरी बनाउन सकिन्छ भनेर लागि पर्न सुझाव दिए ।

गोल्ड कपलाई स्थायित्व बनाउँदै परिस्कृत गर्न झापाका इन्जिनियरहरुले आयोजक समितिलाई आग्रह गरेका थिए ।
छलफलमा झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेतले गोल्डकप झापाको गौरव भएकाले सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे । उनले सहभागीहरुलाई संस्थाको सदस्य बन्न अनुरोध गरेका थिए ।

अन्तरक्रियामा गोल्ड कपका कार्यसमिति सदस्य यादव पोखरेलले सहभागीहरुलाई स्वागत गरेका थिए भने सदस्य अर्जुन चुडाल र सचिवालय सदस्य केशव भट्टराईले सहजीकरण गरेका थिए ।

 

 

पछिल्लो समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणमा खुट्टा नकमाउँ : मेयर पोखरेल

अघिल्लो समाचार

‘संविधान कार्यान्वयनका लागि पत्रकारको आवाज सशक्त हुनुपर्छ’

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.