२ मंसिर २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विश्व क्यान्सर दिवस

सुर्तीजन्य पदार्थ नियन्त्रणमा खुट्टा नकमाउँ : मेयर पोखरेल

माघ २१, २०८०, ४:३८ .आइतवार
0
0
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

झापा, २१ मघ । कनकाई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले झापाका अन्य पालिकाले पनि सुर्तीजन्य पदार्थ विक्री, वितरण र सेवन गर्न प्रतिबन्ध लगाउँन खुट्टा नकमाउँन आग्रह गरेका छन् ।

आइतबार विश्व क्यान्सर दिवसको अवसरमा नेपाल क्यान्सर फाउण्डेशन र रोटरी क्लब अफ बिर्तामोड मिड टाउनले बिर्तामोड स्थित होटल सिदार्थमा आयोजना गरेको क्यान्सर सचेतना र अन्तरक्रिया कार्यक्रममा मेयर पोखरेलले कनकाई बाहेक झापाका अन्य पालिकामा सुर्तीजन्य वस्तु विक्री, वितरण र सेवन गर्न प्रतिबन्ध लगाउँन खुट्टा नकमाइ हिम्मत गर्न सुझाव दिएका हुन् ।

‘झापा क्यान्सरको अवस्था भयावह छ’, पोखरेलले भने–‘कनकाईमा गतवर्ष २५ जना विरामीको संख्या अहिले ४० पुगेको छ । विषादीरहित तरकारी उत्पादनमा ध्यानदिन जरुरी छ । स्वास्थ्य रहन खानपान र रहनसहनमा परिवर्तन गनुपर्छ ।’

मेयर पोखरेल सम्मानित

उक्त कार्यक्रममा आफ्नो नगरपालिकामा सुर्तीजन्य वस्तु विक्री, वितरण र सेवन गर्न प्रतिबन्ध लगाउने निर्णय गरेकोमा कनकाईका मेयर पोखरेललाई संस्थाले सम्मान गरेको छ ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी, बिर्तामोडकी मेयर पवित्रा महतरा प्रसाई, शिवसताक्षीका मेयर मिनहाङ थोप्रा (रोशन), अर्जुनधारा नगरपालिकाकी कार्यवहाक मेयर खड्गमाया पराजुली, सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल क्यान्सर फाउण्डेशनका अध्यक्ष एवम् पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल सुपरीडेन्टेन्ट डा.विरेन्द्र यादवले झापामा क्यान्सरका विरामीको संख्या बढ्दै गएको बताएका छन् । उनले बिर्तामोडमा मात्र १३ हजार महिला क्यान्सरका विरामी रहेको दावी गरे ।

समयमा उपचार नगर्ने, स्वास्थ्यमा हेलच्याकराई, खानपानमा ध्यान नदिएको कारण वर्षेनी क्यान्सरका विरामी थपिदै गएको उनले बताए ।

क्यान्सरको स्किनिङसहितको घुम्ती बस सञ्चालन हुने

क्यान्सर र मुटु रोगीहरुको सुविधाका लागि झापासहित कोशी प्रदेशभरी डाक्टरसहितको अत्याधुनिक सुविधायुक्त बस निःशुल्क सञ्चालनमा ल्याउने तयारी गरिएको डा.यादवले बताए ।

करिव साढे ३ करोड पर्ने सुविधा सम्पन्न बसका लागि रोटरीको ग्लोवल ग्राण्डले एक करोड ४० लाख दिने भएको छ भने अन्य रकम स्थानीय, प्रदेश र संघीय सरकारबाट सहयोग हुने नेपाल ह्दय रोग निवारण संघ झापाका अध्यक्ष एवम् नेपाल क्यान्सर फाउण्डेशनका सदस्य सन्तोष अग्रवालले जानाकरी दिए ।

क्यान्सर दिवसको अवसरमा बिर्तामोडका विभिन्न सामाजिक संघ–संस्था, प्रहरी र विद्यार्थीहरुले बजारमा प्लेकार्डसहित र्याली प्रदर्शन गरेका थिए ।

रोटरी क्लब अफ बिर्तामोड मिड टाउनका अध्यक्ष सिदार्थ नविन उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत एशिस्टेन डिस्ट्रिक गर्भनर शुभ पाठक उप्रेतीले र पाष्ट प्रेसिडेन्ट शिवकुमार अग्रवालले गरेका थिए ।

पछिल्लो समाचार

स्वर्ण महोत्सवमा नेताहरुलाई विद्यालयको अवस्था बुझाउँने

अघिल्लो समाचार

झापा गोल्ड कप : महिलालाई सदस्य बन्न ५० प्रतिशत छुट

Related Posts

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान
banner -1

मानव-हात्ती द्वन्द मञ्चकाे अध्यक्षमा उप्रेती, महासचिवमा देवान

कार्तिक २९, २०८२, ४:३४ .शनिबार
ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित
banner -2

ट्याली सफ्टवेरको बार्षिकाेत्सवमा ‘निर्माण नेपाल प्रालि’ सम्मानित

कार्तिक २९, २०८२, १:५८ .शनिबार
एमालेले देखायाे देशभरी शक्ति
banner

एमालेले देखायाे देशभरी शक्ति

कार्तिक २९, २०८२, १२:०८ .शनिबार
ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.