शिवसताक्षी, २८ माघ । शिवसताक्षी नगरपालिका–७ स्थित बालसेवा आधारभूत विद्यालयले स्कुल बस खरिदका लागि अभियान सुरु गरेको छ ।
विद्यार्थीलाई विद्यालयसम्म आउन र जानका लागि विद्यालयको भूतपूर्व विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा स्कुल बस खरिद गर्नका लागि अभियान सुरु गरेको हो ।
स्कुल बस खरिदका लागि बालसेवा आधारभूत विद्यालयका शिक्षकहरुले एक महिनाको तलब विद्यालयलाई प्रदान गरेका छन् ।
राम्रो कामको सुरुवात आफैंबाट गर्नु पर्छ भन्ने उदाहरण पेस गर्दै शिक्षकले नै एक महिनाको तलब विद्यालयलाई दिएपछि सबै अभिभावक र समाजका लब्ध प्रतिष्ठित व्याक्तिहरुबाट समेत स्कुल बस खरिदका लागि सकारात्मक धारणा आउन थालेको विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले बताए ।
उनका अनुसार शिक्षकहरुबाटै चार लाख ४० हजार ८१६ रुपैयाँ रकम संकलन भएको छ ।
विद्यालयमा स्कुल बस आवश्यक रहेकोले विद्यार्थीहरुलाई विद्यालयसम्म आउन–जान सहज होस भन्ने उद्देश्यले मञ्चले गाडी खरिद गर्न सहयोग संकलन अभियान शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिए ।
Discussion about this post