झापा, २८ माघ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ कोशी प्रदेशको अध्यक्षमा झापाका जीवनप्रसाद नेपाल निर्वाचित भएका छन् ।
महासंघको पाँचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले नेपाल आगामी दुई वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
विराटनगरको एमके पार्टी प्यालेसमा शनिबार सम्पन्न अधिवेशनले महासंघको वरिष्ठ उपाध्यक्षमा मोरङका माधव अधिकारी र उपाध्यक्षद्धय पदमा उदयपुरका घनश्याम पोखरेल र सुनसरीका शिवप्रसाद चौलागाईंलाई निर्विरोध निर्वाचित गरेको हो ।
यस्तै मोरङका दिवाकर भट्टराई सचिव र मोरङका गौतम शर्मा कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् । यस्तै झापाका टंकप्रसाद भट्टराई सहसचिव पदमा निर्वाचित भएको निर्वाचन समितिका संयोजक मातृकाप्रसाद शिवाकोटीले जानकारी दिए ।
सदस्यमा मोरङबाट नवीन रेग्मी, यतिराज पोखरेल, माधव बराल, परमानन्द सिंह, चुनामणि घिमिरे, जीवन लुईटेल र हेमाकुमारी घिमिरे निर्वाचित भए ।
यसैगरी, सुनसरीबाट प्रदेश सदस्यमा जीवन लुईटेल, अनिल जोशी, मनोजकुमार यादव निर्वाचित भएका छन् । ताप्लेजुङबाट भुमादेवी पोखरेल र धनकुटाबाट युवराज निरौला निर्वाचित भए ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख परशुराम खापुङले सरस्वतीको प्रतिमामा माल्यार्पण गरेर उद्घाटन गरेका थिए । उनले कोशी प्रदेश पुस्तक तथा स्टेसनरी व्यवसायीको पक्षमा रहेको बताए ।
उनले विद्यालय तहका शैक्षिक सामाग्रीको अवैध बिक्री बितरणमा प्रतिवन्ध लगाउन प्रदेश सरकार तयार रहेको बताए । प्रदेशका कुनै पनि विद्यालयले विद्यालय हातामा शैक्षिक सामाग्रीको बिक्री वितरण गरेको पाईए सरकारले नियमन गरी कारवाही गर्ने दावी गरे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष मनहरी वस्याल, वरिष्ठ उपाध्यक्ष दीवाकर घिमिरे, केन्द्रीय महासचिव शिवहरी शर्मा, सचिव विष्णु पौडेल, पूर्व उपाध्यक्ष ऋषिराम शर्मा, मात्रिका शिवाकोटी, झापाका अध्यक्ष विनोद सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सोही अवसरमा २०२२ सालदेखि नियमित पुस्तक तथा स्टेसनरी व्यवसाय गर्दे आएका झापा गौरिगञ्जका रुपक श्रेष्ठलाई सम्मान गरिएको छ । उनलाई प्रदेश प्रमुख खापुङले सम्मान गरेका थिए ।
अधिवेशनको बन्द सत्रमा सचिव माधव अधिकारीले महासंघको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष गौतम शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम महासंघका प्रदेश अध्यक्ष रञ्जन शर्माको अध्यक्षतामा भएको थियो ।
Discussion about this post