२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आकर्षक बन्दै हातेमालो

पर्यटन प्रवर्द्धनमा जुट्दै मेचीनगरका सामुदायिक वनहरु

फाल्गुन १, २०८०, ४:२८ .मङ्लबार
0
0
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १ फागुन । मेचीनगरमा पर्यटन प्रवर्द्धन गर्न सामुदायिक वनका उपभोक्ता समूहहरु दिलो ज्यान दिएर लागि परेका छन् ।

पछिल्लो समय वनका उपभोक्ताहरु पर्यटन प्रवर्द्धन गर्न देशकै नमूना सिमसार क्षेत्रको रुपमा विकास गर्न लागिपरेका हुन् ।

मेचीनगर–१३ को हातेमालो सामुदायिक वन उपभोक्ता समूहले पर्यटन प्रवर्द्धन गर्न सिमसार क्षेत्रको दायरा फराकिलो पारेको छ ।

जर्वा पानीको भेललाई ब्यवस्थापनसहित संरचनागत विकास निर्माणको कार्ययोजनाअघि बढाउँदै वन समूहले निचाझोडा सिमसार तथा पर्या–पर्यटन क्षेत्रको रुपमा तिव्र विकास गर्दै लगेको छ ।

प्राकृतिक वन सम्पदाकोबीच भागमा प्रयोग नभएको पानी उम्रिने झिलझ जमिनलाई वन समूहले पर्यटकको आकर्षक गन्तव्यस्थलको रुपमा विकास गर्दै देशकै नमूना सिमसारको कार्ययोजना अघि सारेको वन समुहका अध्यक्ष चन्द्र सिग्देलले बताए ।

समुहले निचाझोडा सिमसार तथा पर्या–पर्यटन क्षेत्रको विकासका लागिबीच भागमा टापु र त्यस वरिपरि फेवातालको दुरदृष्टी परिकल्पनासहित विकासका कार्ययोजना सुरु गरेको छ । हाल उक्त फेवातालबाट आन्तरिक तथा बाह्यय पर्यटकले ६ वटा डुंगामा यात्रा–अवलोकन गर्दा आम्दानी समेत हुन थालको छ ।

चालुआर्थिक वर्षमा १ लाख माछा पाल्न सुरु गरेको छ । फेवातालमा पालेको माछा बिक्री गर्न (फिसिङ) बल्छी गरेर माछा मार्ने अर्को छुट्टै योजना रहेको अध्यक्ष सिग्देलको भनाई छ । आगन्तुकको माग अनुसार अरु १० वटा डुंगा थप गर्ने सोच रहेको छ ।

हाल वरिपरी फेवातालको बीचमा रहेको खुल्ला ठाउँमा ६ वटा गोलघर निर्माण गरेको छ । प्रत्यक शनिबार र छुट्टिको दिन दर्जनौं पर्यटकहरु आउने गर्छन् । यहाँ पर्यटकले सेमिनार, पार्टी, वनभोज गर्दै आएका छन् । २० वटा गोलघर थपेर एकसय भन्दा बढी मानिस अट्ने गरी पार्टी, वनभोज र कार्यक्रम गर्ने तयारी भइरहेको छ ।

स्थानीय निकाय र वन समूहको करिब अढाई करोड बजेटमा फेवातालको उत्खनन–ब्यवस्थापन, २ वटा आकर्षक पुल–पुलेसा निर्माण, बिजुली, खानेपानीको ब्यवस्थापन, गोलाघर निर्माण,६ वटा डुंगा खरिद, गेटसहित सुरक्षा प्रदान गर्न २० फुटे अग्लो घर निर्माण, तारजाली कम्पाउण्ड, बाटो निर्माण र ग्राबलिङ गरेको छ ।

वडा कार्यालयले पटक–पटक गरेर २७ लाख, मेचीनगर नगरपालीबाट फलामे पुलसहित १५ लाख बजेट बिनियोजन गरेको छ भने अन्य बजेट वनको आन्तरिक श्रोतबाट ब्यवस्थापन गरेको छ । वनले आन्तरिक श्रोतबाट ६ वटा गोलघर निर्माण समेत गरेको छ ।

प्रदेश सरकारको आगामी बजेटबाट २५ लाखले पानीको फोहोरा, जलाधार निर्माण र चिल्ड्रेन पार्क निर्माण गर्ने, ३ वर्षे क्रमागत २२ लाख बजेटबाट सिमसारको उत्तरपट्टी र पश्चिममा पोखरी निर्माण गर्ने तयारी रहेको छ । स्थानीय निकाय, जिल्ला बनसँग समन्वय गरेर भविश्यमा मिनी–जु को ब्यवस्थापन गर्ने योजना रहेको छ ।

वनको ३९० हेक्टरमध्ये ३२ बिगाह खाली जमिनमा फैलिएको सिमसार खुल्ला र घमाइँलो ठाउँ दैनिक जीवनयापनलाई सहज बनाउन प्रयोग गरिएका ढिक्की, जातो, ठेकी लगायत लोपबस्तु संरक्षण गर्ने, मनोरञ्जनका लागि काठको रोटेपिङ्ग निर्माण गर्ने, स्थानीय संस्कृतिलाई जगेर्ना गर्न विभिन्न सम्प्रदायका मठमन्दिर गुम्बा एवम् धार्मिक संरचनाको निर्माण गर्ने साथै एग्रो टुरिजमको रुपमा विकास गर्ने भावी योजना रहेको अध्यक्ष सिग्देलको भनाई छ ।

झापाका ५९ वटा सामुदायिक वनमध्ये ३५ वटा भन्दा बढी वनले पर्या–पर्यटन क्षेत्रको रुपमा विकास गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख ऋषि पराजुलीले जानकारी दिए ।

उनले झापाका सामुदायिक वनहरुले नियम अनुसार नै पर्या–पर्यटन क्षेत्रको रुपमा विकास गर्दै लगेको बताए ।
मेचीनगरका सामुदायिक वनहरु पर्या–पर्यटन क्षेत्रको विकास गर्न होडबाजी नै चलिरहेको छ ।

हातेमालो, प्रगति, बाँसबारी, कालिका, थोप्लेविरान, पाँचपोखरी लगायतका सामुदायिक वनहरु पर्यटन प्रवर्द्धनका लागि सिमसार क्षेत्रको विकासमा कार्ययोजना बनाएर अघि बढिरहेका छन् ।

त्यस्तै धार्मिक तथा पर्यटन क्षेत्रको विकास गर्न कृष्ण थुम्की, पाताल गंगा लगायतका मठमन्दिरहरुका समितिहरु लागि परिरहेका छन् ।

पछिल्लो समाचार

राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

अघिल्लो समाचार

रुबिनाले पाइन प्लेअर अफ दी म्याचको अवार्ड

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.