मेचीनगर, ५ फागुन । गाेर्खा मेमाेरियल फाउण्डेशन नेपालकाे अध्यक्षमा गंगालाल गुरूङ सर्वसम्मत चयन भएका छन् ।
आज काँकरभिट्टा स्थित हाेटल पेरिसमा आयोजित संस्थाकाे अधिवेशनले अध्यक्ष गुरूङकाे नेतृत्वमा १५ जनाकाे नयाँ समिति चयन गरेकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि गाेर्खा मेमाेरियल फ्रण्ड युकेका अध्यक्ष धनकिरण गुरूङले नयाँ कार्यसमितिकाे नाम सार्वजनिक गरेका थिए ।
समितिकाे उपाध्यक्षमा जगत गुरूङ, महासचिवमा आशबहादुर गुरूङ, काेषाध्यक्ष देवकुमार गुरूङ, सचिव सुरेन्द्र बुढाथोकी चयन भएका छन् ।
त्यस्तै सदस्यहरू सन्ताेष आचार्य, पवन उप्रेती , मीनबहादुर गुरूङ, कल्पना गुरूङ, शन्तबहादुर गुरूङ, कुमारी गुरूङ, तेजबहादुर गुरूङ र शान्तबहादुर थापा रहेका छन् ।
१५ जनाकाे समितिमा बाँकी २ जना मनाेनित गरिने जनाएकाे छ ।
कार्यक्रममा नयाँ अध्यक्ष गंगालाल गुरूङले प्रतिवद्वता मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि धनकिरण गुरूङ, फाउण्डेशनका सल्लाहकार पुष्पा गुरूङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा महासचिव जगत गुरूङले औँचित्यमाथि प्रकाश पारेका थिए ।
फाउण्डेशनका अध्यक्ष नगेन्द्र कुमार गुरूङकाे अध्यक्षतामा सम्पन्न अधिवेशनकाे स्वागत उपाध्यक्ष गंगालाल गुरूङले र सञ्चालन सदस्य सन्ताेष आचार्यले गरेका थिए ।
Discussion about this post