२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेनुका पौडेलले तताइन् धुलाबारी

फाल्गुन ६, २०८०, ११:०७ .आइतवार
0
0
0
SHARES
49
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ६ फागुन । इण्डियन आइडलको उत्कृष्ट १० मा पर्न सफल झापाकी चर्चित गायिका मेनुका पौडेलले शनिबार राति धुलाबारीमा आधा दर्जन गीतहरु गाएकी थिइन् ।

मेचीनगर–१० स्थित खयरडाँगीको मंगल चोक मंगल मार्ग संरक्षण समितिले आयोजना गरेको मंगल सांगातिक साँझमा गायिका पौडेलले आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरेकी हुन् ।

उनले छाडी जानु छ पिन्जडा, किन नलिनु कृष्ण नाम, ओ पालन हरे, सुरज हि छाहो बन्के, चन्दन सा वदन, चन्दन चितवन, जी एतो जीए लगायतका हिन्दी तथा नेपाली चर्चित गीतहरु र भजनहरु समेत प्रस्तुत गरेकी थिइन् ।

उनको गीतमा दर्शकहरु रातिको चिसो मौसमलाई समेत प्रवाह नगरी मजाले नाचेका थिए । समितिका अध्यक्ष गोकुल खड्काले गायिका पौडेलले इण्डियन आइडलको सोपछि पूर्वाञ्चलमा नै पहिलो पटक धुलाबारीमा आएर सांगातिक कार्यक्रममा सहभागी भएको दावी गरे ।

झापाको हल्दीवारी गाउँपालिका–४ मा २०५५ सालमा जन्मेकी मेनुका जन्मजात दृष्टिविहीन हुन् । आर्थिक अवस्था कमजोर भएका बुवा–आमाले उनलाई आँखाको समस्यालाई सहज बनाउन हरसम्भव प्रयास गरे सकेनन् ।

सांगातिक कार्यक्रममा गायिका पौडेलसँगै मेचीनगर निवासी राष्ट्रिय कलाकार जमीर अली तथा स्थानीय कलाकार भिषण राई, अभिषेक राई, प्रतिक घिमिरेले गीत तथा गोपिका खड्का र हन्सिका बराइली लगायतले नित्य प्रस्तुत गरेका थिए ।

आयोजकले सांगातिक कार्यक्रममा गायिका पौडेलको प्रस्तुतिको भिडियो युट्युवमा अपलोड नगर्न समेत अनुरोध गरेको थियो । गायिका पौडेलले समेत दर्शकहरुलाई भिडियो नगर्न आग्रह गरेकी थिइन् । उनले भारतको सोनी टिभीमा आवद्व भएकाले त्यसो नगर्न अनुरोध गरिन् ।

आयोजकले कार्यक्रममा गायिका पौडेललाई अभिनन्दन समेत गरेको थियो । उनलाई नगदसहित सम्मान गरिएको अध्यक्ष खड्काले जानकारी दिए ।

३ वर्षअघि स्थापना गरिएको समितिले हरेक वर्ष सरस्वती पुजाको अवसरमा सांगातिक कार्यक्रम गर्दै आएको छ । यसवर्ष गायिका पौडेललाई ल्याउन सफल भएको आयोजकले जनाएको छ । उक्त कार्यक्रम गर्न करिव एक लाख ५० हजार खर्च लागेको अध्यक्ष खड्काले जानकारी दिए ।

सांगातिक कार्यक्रममा बाल्ट्रा मुख्य प्रायोजक रहेको थियो । त्यस्तै सहयोगीका रुपमा मेचीनगर नगरपालिका, ग्लोबल आईएमी बैँक, एभरेष्ट बैँक, होटल निम्तो, होटल मेची क्राउन, सहारा नेपाल, मेची उद्योग बाणिज्य संघ, ड्रिङ्स जुस, ज्वेलर्स, एजुकेशनल संस्थाहरु, शान्ति समाज, मंगलज परिवार, साठी प्लस समाज लगायतका संघ–संस्थाहरु रहेका थिए ।

सांगातिक कार्यक्रमको सञ्चालन मंगल चोक मंगल मार्ग संरक्षण समितिका अध्यक्ष गोकुल खड्काले गरेका थिए ।

कार्यक्रमको सहजिकरण समितिका सदस्य एवम् स्थानीय समाजसेवीहरु पूर्णबहादुर कटुवाल, गोपाल खड्का, धमेन्द्र खड्का, उदय बराइली लगायतले गरेका थिए ।

पछिल्लो समाचार

गाेर्खा फाउण्डेशन नेपालकाे अध्यक्षमा गंगालाल

अघिल्लो समाचार

तक्षशिलामा मन्टेशरी सञ्चालन, शैक्षिक महोत्सव सम्पन्न

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.