बिर्तामोड, ६ फागुन । बिर्तामोडमा रहेको तक्षशिला अंग्रेजी स्कुलले अन्तराष्ट्रियस्तरको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको छ ।
शनिवार तक्षशिलाले अन्तराष्ट्रिय मापदण्ड अनुसारको मन्टेश्वरी कक्षा सञ्चालनमा ल्याएको हो । कक्षा १ देखि १० सम्म क्याम्ब्रिज मापदण्ड अनुसार कक्षा सञ्चालन गरिरहेको तक्षशिलाले मन्टेश्वरीमा स्वीडेनको फ्रेन्चाईज भित्राएको छ ।
तक्षशिला स्कुलका निर्देशक प्रमिश गिरीले लिटल आइस्टाइन मापदण्ड अनुसार मन्टेश्वरी कक्षा सञ्चालन हुने बताए । तक्षशिलाले विश्वप्रशिद्ध क्याब्रिज र लिटल आइस्टाइन मापदण्डमा कक्षा सञ्चालन गर्ने उनको भनाई छ ।
उक्त मापदण्ड प्राप्त गरेको तक्षशिलाले रोवटिक, एआई, कोडिङ जस्ता अतिरिक्त क्रियाकलापहरु समावेश गरेर पठनपाठन गर्नेछ । ६ वटा कोठामा १०० विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको मन्टेश्वरीमा सरस्वती पुजाकै दिन ५० जना विद्यार्थी भर्ना गरिएको थियो ।
मासिक चार हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म शुल्क लाग्ने विद्यालयमा बस भाडा र खानपानको अतिरिक्त शुल्क लाग्ने बताइएको छ । बस भाडा र खानपानलाई अनिवार्य गरिएको छैन ।
यसैबीच, पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा अगाडि रहेको तक्षशिलाले शनिबार एक दिवसीय शैक्षिक महोत्सव समेत सम्पन्न गरेको छ ।
तक्षशिला शैक्षिक महोत्सव आयोजना गरेर विद्यार्थीहरुलाई खेलकुदसँगै मनोरञ्जन प्रदान गरिएको छ । खानपान, संस्कार संस्कृति, खेलकुद र अवलोकनका लागि ५० वटा स्टल राखिएको थियो । शैक्षिक महोत्सवको उद्घाटन प्राडा.उमेशकुमार शर्माले गरेका थिए ।
महोत्सवमा डा.रोशन राठी, डा.बसन्त जोशी, भिक्टर जोसेफ लगायतको उपस्थिति रहेको थियो । शैक्षिक महोत्सवमा विद्यार्थीहरुसँगै अभिभावकहरुले अवलोकन समेत गरेका छन् ।
तक्षशिलामा हाल ६ सय विद्यार्थी अध्ययनरत रहेको प्रवन्ध निर्देशक डा.अञ्जली कार्कीले बताइन् । उनले पूर्व नेपालमा तक्षशिलाले विश्वस्तरीय शिक्षा प्रदान गरिरहेको दावी गरिन् ।
Discussion about this post