२१ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

युवा संघकाे माग

विश्वप्रकाशले भने -´घटनाकाे निश्पक्ष छानविन हुनुपर्छ`

फाल्गुन २०, २०८०, १०:३६ .आइतवार
0
0
0
SHARES
82
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २० फागुन । शुक्रबार राति मेचीनगर-७, सतिघट्टा स्थित दशगजामा सशस्त्र प्रहरी र स्थानीय व्यापारीबीच भएको घटनाका विषयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएकाे बताएका छन् ।

कांग्रेस भोजपुरको जिल्ला सम्मेलनमा भाग लिन शुक्रबार साँझ भोजपुर पुगेका झापा क्षेत्र नं. १ का सांसद समेत रहेका शर्माले भोजपुरबाटै शनिबार गृहमन्त्री श्रेष्ठ र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई टेलिफोन मार्फत ध्यानाकर्षण गराएका हुन् ।

सांसद शर्माले गृहमन्त्री श्रेष्ठसँग टेलिफोनमा कुरा गर्दै घटनामा घाइते भएका सबैको आवश्यक सम्पूर्ण उपचारको व्यवस्था मिलाउन आग्रह समेत गरेका छन् ।

सीमा नाकामा कुनैपनि प्रकृतिको अव्यवस्था, वेथितिका घटना भए त्यसलाई नियन्त्रण गर्न राज्य-प्रशासन तदारुक हुनुपर्ने र त्यसमा नागरिकको तर्फबाट पनि सहयोग रहनु पर्ने शर्माको भनाई छ ।

शर्माकाे ४ बुँदे ध्यानाकर्षणमा पत्र

१) सर्वप्रथम  घटनामा घाइते भएका सबैको आवश्यक सम्पूर्ण उपचारको व्यवस्था गर्नु पर्ने ।

२) सीमा क्षेत्रमा कुनैपनि प्रकृतिको अव्यवस्था वा वेथितिका घटना भए त्यसलाई नियन्त्रण गर्न राज्य-प्रशासन तदारुक हुनैपर्छ र त्यसमा नागरिकको सहयोग रहनुपर्छ । वेथितिमा कोहि कसैको पनि सहभागितालाई निरुत्साहित गर्न राज्यले पक्राउ गर्न पाउँछ र कानुनी कारवाही गर्न सक्छ ।

तर पुरै गाउँ आतंकित बन्ने गरी, निहत्था नागरिक गम्भीर घाइते भएर अस्पताल पुर्‍याउनु पर्ने गरी घटना हुनु अत्यन्तै दुःखद भएको छ । यो घटना कसरी हुन गयो । यसको निष्पक्ष छानबिन र सत्यतथ्य बाहिर ल्याउन जरुरी छ ।

३) यस्तो प्रकृतिको घटना आगामी दिनमा दोहोरिन नदिन राज्य-प्रशासन र नागरिकबीचको सम्बन्धलाई सहजीकरण गर्न जरुरी छ । त्यसका लागि घटनाको ढाकछोप र अमैत्रीपुर्ण, टालटुले समाधान होइन, दोषी जो सुकै भएपनि कारवाही गर्ने वातावरण निर्माण गर्नुपर्छ ।

४) सीमा क्षेत्रमा हुने बेथितिका गतिविधिलाई निरुत्साहित र नियन्त्रण गर्न सुरक्षा निकाय र सचेत स्थानीयबासीबीच समझदारीपुर्ण सहकार्य जरुरी छ । स्थानीय सरकारको समन्वयमा समझदारी र सहकार्यको वातावरण निर्माण गरिनुपर्छ ।

शर्माले झापाका प्रमुख जिल्ला अधिकारी, झापाका सशस्त्र प्रहरी प्रमुख लगायतलाई समेत ध्यानाकर्षण गराएकाे बताएका छन् ।

घाइतेकाे उपचार र दाेषीमाथि कारवाही माग

यसैगरी, सशस्र प्रहरीद्वारा स्थानीय  ६ जना सर्वसाधारण खुकुरी प्रहार गरी घाइते बनाएको घटनाप्रति युवा संघ झापाले विज्ञप्ती जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

समाजमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउ–धनको रक्षाका निम्ति राज्यद्वारा खटाइएका अधिकारीद्वारा सर्वसाधारण माथि ज्यानै जान सक्ने गरि भएको अनधाधुन्द खूुकुरी प्रहारले विधिको शासन उल्लङघन भएको र प्रहरी प्रशासनले अराजक हर्कत गरेको शनिवार जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।

मुस्कान सहितको सेवा दिने उद्घोष गर्दै आएको सशस्त्र प्रहरीले नागरिकलाई शान्ति सुरक्षा दिनुको सट्टा नागरिकको ज्यानै लिने गरी खुकुरी प्रहार गरेकोले सो क्षेत्रमा बसोबास गरेका आम नागरिक डर, त्रासमा जीवन जिउन बाध्य भएकोले घटनाको अविलम्ब छानबिन गरि सत्यतथ्य सार्वजनिक गर्न र दोषी माथि कारबाही गरि घाइतेको उपचार गर्न सरोकारवाला निकाय समक्ष युवा संघले माग गरेको छ ।

पछिल्लो समाचार

नारी सञ्चार गृह र उद्यमी निर्मला चौहान सम्मानित

अघिल्लो समाचार

ओलम्पियन मेनुकालाई ´उत्कृष्ट नारी सम्मान` गरिने

Related Posts

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार
झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा
अर्थ

झापा महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा

कार्तिक १८, २०८२, १:४१ .मङ्लबार
निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण
banner -2

निवर्तमान मन्त्री दाहालद्वारा नगरपालिकासहित ध्वस्त भवनहरूकाे निरीक्षण

कार्तिक १८, २०८२, १:०३ .मङ्लबार
झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस सेमिफाइनलमा

कार्तिक १७, २०८२, ३:०८ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.