८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पुस्तक परिचर्चा

‘समावेशी समाजका लागि मिडियाको खबरदारी जरुरी’

फाल्गुन २२, २०८०, ९:१२ .मङ्लबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २२ फागुन । आमसञ्चार र समावेशी पत्रकारिता विषयक अन्तरक्रिया तथा पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम मंगलवार बिर्तामोडमा सम्पन्न भएको छ ।

नेपाल पत्रकार महासंघ झापाको आयोजनामा भएको कार्यक्रममा सहभागीले संविधान र कानूनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरु व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखे ।

उनीहरुले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिए ।

महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा पुस्तकका लेखक सापकोटाले नेपालको सञ्चार लगायत विभिन्न क्षेत्रमा समावेशिताको अवस्था बारे तथ्यांक प्रस्तुत गर्दै पुस्तकको औचित्यमाथि प्रष्ट्याएका थिए ।

सरकार र राजनीतिक दलहरुले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको उनको जोड थियो । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको सापकोटाको दावी छ ।

सापकोटाको पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमुलक विषय समेटिएको छ । सापकोटा महासंघ झापाका पूर्व अध्यक्ष समेत हुन् ।

कार्यक्रममा कोशी प्रदेशकी पूर्व राज्यमन्त्री जसमाया गजमेरले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गरेकी थिइन् ।

महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुमागाँई, नारी सञ्चार गृहकी संस्थापक अध्यक्ष सावित्रा दाहाल, नेपाल आदिवासी जनजाति झापाका अध्यक्ष पाण्डवलाल चौधरी, थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद श्रीप्रसाद चौधरी, आदिवासी नेतृ जमुना राजवंशी, महासंघ झापाका सहससचिव अर्जुन राजवंशी लगायतले विभिन्न जिज्ञासा र सुझाव राखेका थिए ।

महासंघका सचिव डिकेश लामाले कार्यक्रमको सञ्चालन गरेका थिए । कार्यक्रममा महासंघका पूर्वअध्यक्ष मोहन काजी, राष्ट्रिय परिषद् सदस्यहरु दिपीन राई, गोपाल काफ्ले, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराल, इन्सेक प्रतिनिधि नरेश खाती, संवाद समू्हकी कमला भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

पछिल्लो समाचार

इन्धन बोकेको भारतीय ट्याङकरबाट अवैध सामान बरामद

अघिल्लो समाचार

ओलम्पियन धावक मेनुका राउत सम्मानित

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.