२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलि झापा ११ र मकवानपुर

आर्मी झापा गोल्ड कपको सेमिफाइनलमा

फाल्गुन २३, २०८०, १:३० .बुधबार
0
0
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, २३ फागुन । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब झापामा जारी छैटौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस सिजनको सर्वाधिक सफल क्लब मछिन्द्र फुटबल क्लबमाथि २–१ गोलअन्तरको जित निकाल्दै आर्मीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको ११ औँ मिनेटमै मछिन्द्रले अग्रता लिएको थियो । मछिन्द्रका लागि विदेशी खेलाडी स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । हिसुब थपलियाको पासमा बिनोङले बललाई गोलपोस्टको दिशा दिएका हुन् ।

खेलको ६१ औँ मिनेटमा आर्मीले खेल बराबरीमा ल्याएको थियो । स्टार स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८१औँ मिनेटमा वसन्त जिम्बाले गोल गरेका थिए । पेनाल्टी एरियामा पाएको बललाई जिम्बाले तीनजना विपक्षी खेलाडीलाई छक्याउँदै गोल गरेका थिए ।

जितसँगै झापा गोल्ड कपको चारपटकको विजेता आर्मी सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको छ ।

पहिलोपटक सहभागी भएको मछिन्द्र क्वार्टर फाइनलबाटै घर फर्किएको छ । पराजयसँगै मछिन्द्र यो सिजनमा उपाधि ह्याट्रिक गर्नबाट बञ्चित भएको छ । मछिन्द्रले लगातार केपी ओली कप र बागमती गोल्ड कपको उपाधि हात पारेको थियो ।

खेलको सातौँ मिनेटमा नवयुगले गोलरक्षकसँग वान टु वानको अवस्थामा गोल गर्न सकेनन् । उनको फितलो प्रहार विपक्षी गोलरक्षक विशाल श्रेष्ठले सहजै नियन्त्रणमा लिए । खेल अवधिभर मछिन्द्रले आर्मीमाथि दबाब कायम राखेको थियो । तर, समयमा स्कोर हुन नसक्दा आर्मीसँग पराजय व्यहोर्नु प¥यो ।

खेलको सुरुवातमै मछिन्द्रले आर्मीमाथि दबाब दिन सुरु गरेको थियो । चौथो मिनेटमा मछिन्द्रका विदेशी खेलाडी ओमोलाजा करिमको फ्रिकिकमा विमल घर्तीमगरको हेडर बाहिरियो । पाँचौँ मिनेटमा देवेन्द्र तामाङको हेडर बाहिरिँदा खेलमा अग्रसरता दिन मछिन्द्र असफल भयो ।

२२ औँ मिनेटमा अभिषेक गुरुङको विमलले गरेको कडा प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले पञ्च गरेर बचाएपछि खेललाई २–० को अग्रता दिलाउने अवसरबाट उनी बञ्चित भए । ८० औँ मिनेटमा गोलरक्षक अगाडि बढेको समयमा आयुष घलानले गरेको प्रहार पोस्टबाट बाहिरियो ।

खेलको प्लेयर अफ दि म्याच आर्मीका वसन्त जिम्बा घोषित भए । उनलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री हिक्मत कार्की लगायतले नगद ११ हजार र ट्रफी प्रदान गरे ।

आर्मीका प्रशिक्षक मेघराज केसीले देशका महत्वपूर्ण गोल्ड कपको सूचीमा झापा गोल्ड कप भएकाले यो गोल्डकप गुमाउने चाहना आर्मीले नराखेकोले जित्ने रणनीतिका साथ मैदानमा उत्रिएर सफल हुन सकेको प्रतिक्रिया दिए ।

पछिल्लो चरणमा आर्मीले नयाँ र पुराना खेलाडीलाई मिश्रण गरेर खेलाउने गरेको भन्दै उनले नयाँ र पुरानो खेलाडीबीचमा तालमेल मिल्दा जित सम्भव भएको बताए ।

मछिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि मिडफिल्ड र डिफेन्डरको सानो गल्तीका कारण खेलमा पराजय भएको बताए ।

१० वटा टिम सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।

१ करोड ४० लाख खर्च हुने अनुमान गरिएको गोल्ड कपमा झापा ११ एफसीले विहीबार एन्फा मकवानपुरसँग अन्तिम क्वार्टर फाइनल खेल खेल्नेछ ।

पछिल्लो समाचार

ओलम्पियन धावक मेनुका राउत सम्मानित

अघिल्लो समाचार

कालिका वनको २८औँ साधारण सभा

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.