बिर्तामोड, १४ चैत । प्रेस सेन्टर नेपाल झापाले आसन्न नेपाल पत्रकार महासंघ झापाको निर्वाचनका विषयमा छलफल गरेको छ ।
प्रेस सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा आज बिर्तामोडमा सम्पन्न वैठकले पत्रकार महासंघ झापाको निर्वाचनका लागि विभिन्न समितिहरु गठन गरेको हो ।
वैठकले निर्वाचन परिचालन, अनुगमनसहित विभिन्न उपसमितिहरु गठन गठन गरेको छ । जस्मा अध्यक्ष पाठकको संयोजकत्वमा निर्वाचन परिचालन तथा वार्ता समिति गठन गरिएको छ । समितिको सदस्यमा पुष्प खड्का र झुलन रेग्मी छन् ।
केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्वमा अनुगमन उपसमितिमा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहेका छन् ।
त्यस्तै प्रकाश उप्रेतीको संयोजकत्वमा २५ सदस्यीय प्रचारप्रसार समिति गठन गरिएको छ ।
वैठकले महासंघको निर्वाचनका लागि सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने समेत निर्णय गरेको अध्यक्ष पाठकले जानकारी दिए ।
प्रेस सेन्टरका केन्द्रीय सचिवालय सदस्य राई, केन्द्रीय सदस्य झापालीको आतिथ्यमा वैठक सम्पन्न भएको थियो ।
Discussion about this post