मेचीनगर, १५ चैत । नेकपा माओवादी केन्द्र मेचीनगरका सहइञ्चार्ज एवम् जिल्ला सदस्य प्रकाश खड्का आफ्नै घर फर्किएका छन् ।
आज बिर्तामोडमा एमाले झापाको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा खड्कालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा लगाइदिएर एमालेमा स्वागत गरेका हुन् ।
खड्का माओवादी परित्याग गरेर आफ्नै पुरानो घर फर्किएका छन् । माओवादीमा रहनु अघि उनी एमालेमै थिए ।
मेचीनगर नगरपालिका–१० निवासी खड़का लोकप्रिय युवा नेता हुन् । उनी विभिन्न सामाजिक संस्थामा सक्रिय छन् ।
Discussion about this post