२९ बैशाख २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भारतीय तरकारी रोक्न मेची उद्योग बाणिज्य संघको आग्रह

बैशाख ५, २०८१, ६:४० .बुधबार
0
0
0
SHARES
84
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ बैशाख । भारतबाट आयातीत तरकारीका कारण नेपालमा उत्पादित वस्तुले बजार नपाएकोमा किसानहरु चिन्तित बनेका छन् ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको नेतृत्वको टोलीले साेमबार मेची भन्सार कार्यालय, क्वारेन्टिन कार्यालय, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा गएर भारतबाट आयात हुने अखाद्य तरकारीहरु रोक्न ध्यानाकर्षण गराएका छन् ।

अध्यक्ष प्रसाईको नेतृत्वको टोलीले मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक दिनेश ढुंगाना र क्वारेन्टिन कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत हर्षहाङ राईलाई भेटेर भारतबाट आयात हुने अखाद्य तरकारीहरु ल्यावमा टेष्ट गरेर खान योग्य भएमात्र छाड्न आग्रह गरेका थिए ।

पछिल्ला केही दिनयता भारतबाट तरकारी आयात हुने क्रम बढेपछि नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार र मूल्य पाउन सकेका छैनन् ।

यसअघि भारतबाट आयातित तरकारीले गर्दा नेपालमा उत्पादित तरकारीले मूल्य नपाएकोमा किसानले सडकमा तरकारी फ्याँकेर सांकेतिक विरोध गरेका थिए । नेपालमा उत्पादन भएको तरकारीको तुलनामा भारतबाट भित्रिएको तरकारी सस्तो छ ।

टोलीमा आएका किसान हरि नेपालले आफ्नो बारीमा उत्पादन भएका तरकारीहरुले बजार नपाएपछि गाईवस्तुलाई दिने अवस्था आएको बताए । उनका अनुसार भारतीय तरकारीले गर्दा वैगुन ५ रुपैयाँ केजीले बेच्नु पर्ने भएको छ ।

अध्यक्ष प्रसाईले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयका प्राविधिक सहायक ढुंगानालाई भारतबाट आउने अखाद्य तरकारीहरु रोक्न ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै ढुंगानाले चालुआर्थिक वर्षमा भारतबाट आएका तरकारी तथा फलफुलहरु परीक्षण गर्दा खान अयोग्य फेला नपरेको बताए । उनका अनुसार गतवर्ष भने त्यस्तो भेटिएको दावी गरे ।

क्वारेन्टिन कार्यालयका बरिष्ठ बाली संरक्षण अधिकृत राईले भारतीय तरकारीलाई कानून अनुसार प्रक्रिया पुरा गरेर छाड्ने गरेको जानकारी गराए ।

‘खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण र क्वारेन्टिन कार्यालयबाट परीक्षण भएर आएका तरकारी तथा फलफुल मात्र छाड्ने गरेका छौँ’, भन्सार प्रमुख रेग्मीले भने–‘कोहि त यस्ता पनि व्यापारी आए तराकारीको गाडी पानीट्याङ्कीमा कागज यहाँ परीक्षण गरेर पास भइसकेको थियो । वस्तु र कागज हेरेर कम्युटरमा थिचिसकेपछि मात्र गाडी पास हुन्छ ।’

ध्यानाकर्षण पत्र बुझाउने टोलीमा अध्यक्ष प्रसाई, महासचिव दिनेश शाक्य, सदस्यहरु मानबहादुर कटुवाल, सन्तोष खवास, कार्यकारी निर्देशक गोपाल वस्नेत, हरि नेपाल लगायतको उपस्थिति रहेको थियो ।

पछिल्लो समाचार

समीकरण बनाउन प्रधानमन्त्री प्रचण्डको साहसिक निर्णय : ओली

अघिल्लो समाचार

सगरमाथा यातायातको कार्यालय आफ्नै भवनमा

Related Posts

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार
स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा
banner

स्वास्थ्य शिविर : तेस्रो दिन ३६२ जनाले लिए सेवा

बैशाख २८, २०८२, ५:४२ .आइतवार
शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन
banner

शिविरमा ३ क्षयरोगी भेटिए, ६६ जनाको खँकारको नमूना संकलन

बैशाख २७, २०८२, ६:४२ .शनिबार
अब रहेनन् विनोद बस्नेत
box -1

अब रहेनन् विनोद बस्नेत

बैशाख २६, २०८२, ९:४८ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.