मेचीनगर, ५ बैशाख । सगरमाथा यातायात प्रालिले मेचीनगरमा आफ्नै भवनमा कार्यालय सारेको छ ।
आज मेचीनगर–७ स्थित एनएमसी डेरी उद्योग पछाडि प्रालिको १२ कठ्ठा जग्गामा सुविधा सम्पन्न ६ कोठाको पक्कि भवनमा मुख्य कार्यालय सरेको हो ।
उक्त भवनको उद्घाटन सगरमाथा यातायात प्रालिका संस्थापक अध्यक्ष खगेन्द्र उप्रेतीले गरेका थिए ।
सगरमाथा यातायात प्रालिका अध्यक्ष नविन कोइरालाले ९५ प्रतिशत भन्सार छुटमा ल्याएका सुविधा युक्त ३० वटा गाडीहरू हाल धरान र विराटनगर रूटमा चलिरहेको बताए ।
निकट भविष्यमा ५ वटा गाडी थपेर कोशी प्रदेश बाहेक अन्य प्रदेशमा पनि गाडी सञ्चालन गरिने उनको भनाई छ । ज्येष्ठ नागरिक, विद्यार्थी र पत्रकारलाई यातायातमा विशेष छुट दिइने उनले बताए ।
सय जनालाई रोजगारी दिएको प्रालिले सुरुमा ५ करोड लगानी गरेको बताएको छ । सोही अवसरमा पत्रकारहरुलाई पनि २५ प्रतिशत छुटको पास उपलब्ध गराएको थियो ।
भिडियो पनि हेर्नुहोला ।
Discussion about this post