मेचीनगर, ५ बैशाख । विश्वमा नै उत्कृष्ट पेय पदार्थको रुपमा उत्पादन गरिरहेको मेचीनगर–१४, दुहागढी स्थित सिंगापुर बेभरेज उद्योगमा आज प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले अवलोकन गरेका छन् ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले झापाको विशुद्व पानी प्रयोग गरेर मेचीनगरमा उत्पादित्त जीरो लगायतका फुड्सका पेय पदार्थ विश्वका विभिन्न मुलुकमा सप्लाई भइरहेकोमा खुशी व्यक्त गरेका छन् ।
उनले केहि दिनअघि बुटवालमा सम्पन्न जेसीजको राष्ट्रिय महाधिवेशनमा उत्कृट उद्योगीका रुपमा सिंगापुर बेभरेजका सञ्चालक आशिष शर्मालाई मेरै हातबाट सम्मान गरिएको बताए ।
उद्योगले उत्पादन गरेको ‘जीरु’ पेय पदार्थ उत्कृष्ट रहेको भन्दै जेसीजले सञ्चालक शर्मालाई सम्मान गरेको थियो । त्यसका बारेमा सञ्चालकसँग सभामुख घिमिरेले पनि चासो राखेका थिए ।
त्यसबेला शर्मालाई समय मिलाएर उद्योग हेर्न आउने बचन दिएको थिए, आज उद्योग हेर्ने मौका मिलेको उनले सुनाए ।
‘दुवइमा पढेर नेपालमा केहि गर्छु भनेर मेचीनगरका युवाले यत्रो ठुलो उद्योग सञ्चालन गरेका रहेछन्’, सभामुख घिमिरेले भने–‘राज्यले यस्ता युवाहरुले खोलेका उद्योगहरुलाई नीति बनाएर सहयोग र प्रोत्हसान गर्नु पर्छ । उनीहरुका समस्यामा स्थानीय सरकार पनि गम्भीर बन्नु पर्छ ।’
सिंगापुर बेभरेजले जीरा, किवी, निम्बु लगायतका फलफुलबाट उत्पादन गरेका १२ प्रकारका पेय पदार्थहरु अमेरिका, अस्ट्रेलिया, दुवई, भारत तथा नेपालका विभिन्न जिल्लामा सप्लाई भइरहेको उद्योगका प्रबन्ध निर्देशक आशिष शर्माले जानकारी दिए ।
भारतबाट कच्चा पदार्थ र नेपालका पहाडी क्षेत्रमा पाइने फलफुलहरुबाट उत्पादन गरिएका पेय पदार्थलाई विश्वका धेरै देशमा पुर्याउन मार्केट बुझिरहेको उनको भनाई छ ।
धेरै लगानी गरेर उत्पादन गरिरहेको उद्योगहरुका लागि नेपालमा पोलेसी राम्रो बनाउन सकियो भने युवाहरु विदेश जानु पर्दैन आफै स्वरोजगार बन्न सक्ने उनको भनाई छ । ७ वर्षअघि स्थापना भएको उद्योगमा हाल ३०० जनाले रोजगारी पाएका छन् ।
भिडियो पनि हेर्नुहोला ।
Discussion about this post