मेचीनगर, १५ जेठ । आज गणतन्त्र दिवस । सार्वजनिक विदा । चर्को गर्मीका कारण घरदेखि ढेड किलोमिटर टाडाको स्थानीय निन्दा खोलामा दुई जना बच्चाहरु पौडी खेल्न गए ।
मेचीनगर–३ स्थित बडाखाल निवासी ४० वर्षीय शिक्षक धनराज भण्डारीले १२ वर्ष र ८ वर्षका २ जना छोराहरुलाई लिएर दोकानडाडा चोक पश्चिम निन्दा खोलामा दिउँसो पौडी खेल्न गएका थिए ।
स्थानीयका अनुसार पौडी खेल्ने क्रममा कान्छो छोरा ८ वर्षका पौडी खेलेर छेउमा बसिरहेका थिए । जेठो छोरा पौडी खेल्ने क्रममा अलिक गहिरो भएको पानीमा पुगेपछि पौडी खेल्न समस्या भयो ।
नजिकै रहेका उनका बुबा भण्डारीले छोरालाई समस्या परेको देखेपछि उनी छोरालाई बचाउँन खोलामा हमफाले । छोरालाई कसो कसो गरेर किनारमा धकेलेर पठाए । तर, आफु चाहिँ गहिरो भएको पानीमा पौडी खेल्न नसकेर डुवे ।
बुबा डुवेर पौडी खेल्न नसकेपछि बेहोस भएका थिए । छोराहरुले स्थानीयलाई हारगुहार गरे । त्यतिखेर करिव १ वजेको थियो ।
तत्काल स्थानीयहरु आएर भण्डारीलाई उपचारका लागि बिर्तामोड स्थित वीएण्डसी अस्पतालमा लगेको बाहुनडाँगी जेसिजका अध्यक्ष देबु बानियाँले बताए । भण्डारीलाई साढे २ वजे अस्पतालले मृत घोषणा गरेको थियो ।
भण्डारी नवज्योति माध्यमिक विद्यालयका शिक्षक हुन् । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख एवम् डीएसपी मिमबहादुर लामाले बच्चाहरुलाई बचाउँने क्रममा आफै डुवेर मृत्यु भएको जानकारी दिए ।
Discussion about this post