इलाम, १५ जेठ । एन्फा इलाम जिल्ला लिगमा माईभ्याली फुटबल क्लब विजयी बनेको छ ।
इलामको ठुलो टुडिखेलमा सञ्चालित खेलमा हेलिबोध एफसीलाई २–१ गोल अन्तरले हराउँदै माईभ्यालीले ३ अंक जोडेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा हेलिबोध पराजित बनेको हो ।
खेलको २१ औँ मिनेटमा साइमन लिम्बुले हेलिबोधलाई अग्रता दिलाएका थिए । सब्स्टिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका जोएल राईले पहिलो हाफको इन्जुरी समयमा खेल बराबरी गरे । दोश्रो हाफको १५ औँ मिनेटमा सागर न्यौपानेले पेनाल्टी मार्फत गोल गर्दै माईभ्यालीलाई महत्वपूर्ण ३ अंक दिलाए ।
बुधबार ठुलो टुडिखेलमा हेल्लो जस्बिरे र रेडहर्स फुटबल क्लब तथा देउराली स्र्पोटिङ क्लब र क्लब ओएसिस भिडनेछन् । सोमबारको खेलमा जित निकाल्दै रेडहर्स र देउरालीले समान ३÷३ अक प्राप्त गरेका छन् । हेल्लो जस्बिरे र क्लब ओएसिस अंक विहिन छन् ।
देउमाई नगरपालिकाको छात्राबास खेल मैदानमा हेलिबोध फुटबल क्ल्ब र त्रिवेणी फुटबल क्लब भिडनेछन् । हेलिबोध आजको खेलमा पराजित बनेर अंक विहिन रहँदा त्रिवेणी पहिलो खेल खेल्दैछ ।
Discussion about this post