३ पुष २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विष्टको हत्यामा संलग्न ५ जना सार्वजनिक

जेष्ठ १७, २०८१, ३:५२ .बिहिबार
0
0
0
SHARES
72
VIEWS
Share on FacebookShare on Twitter

झापा, १७ जेठ । बिर्तामोड नगरपालिका–४ की ६७ वर्षीया विष्णुकुमारी बिष्टको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले आज पत्रकार सम्मेलन गरेर हत्यामा संलग्न बिर्तामोड नगरपालिका–४ का २२ वर्षीय गंगाप्रसाद राजवंशी, सोही ठाउँका २३ वर्षीय महेश राजवंशी, २० वर्षीया वर्षा राजवंशी, ३३ वर्षीय ज्याक भनिने भगीरथ माझी र अर्जुनधारा नगरपालिका–६ का ४३ वर्षीय धनबहादुर कामीलाई सार्वजनिक गरेको हो ।

गत बैशाख २६ गते राति बिष्टको हत्या भएको प्रहरीले बताएको छ । उनीहरुलाई करिब तीन सातापछि प्रहरीले पक्राउ गरेको थियो ।
हत्या लगत्तै प्रहरीले धरानबाट तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धानलाई अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिए ।

बिर्तामोड–४ स्थित शिवनगर टोलमा घरमा एक्लै बस्दै आएकी ६७ वर्षीया बिष्टको हत्या गरी उनीहरुले विभिन्न सामग्री समेत चोरी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चोरी गर्ने उद्देश्यका साथ आएका उनीहरुले बिष्टले चोर आएको भन्दै छोरालाई फोन मार्फत जानकारी गराएपछि केही समय लुकेका थिए । उनीहरुले पुनःघरमा प्रवेश गरी बिष्टको हत्या गर्नुका साथै सामानहरु चोरेर फरार भएका थिए ।

प्रहरीले हत्यामा संलग्नको साथबाट नट खोल्ने रेञ्ज, मार्तोल लगायतका तीन थान सामग्री, सुनको सिक्का भएको बेरुवा औठी एक थान, हातमा लगाउने सुनको बाला एक थान, सुनको जन्तर एक थान, सुनको सिक्री एक थान, सुनको टप एक थान र चाँदीको कलश एक थान बरामद गरेको छ ।

सामान चोरेर भाग्नेक्रममा बिष्टले देखेपछि उनीहरुमध्ये एक जनाले रडले टाउकोमा प्रहार गरी विष्टको हत्या गरेको उनीहरुले स्वीकार गरेको प्रहरीको भनाई छ । घटनाका मुख्य योजनाकार गंगाप्रसाद राजवंशी, घटनामा प्रयोग भएका सामान र चोरीका सामान लुकाउन सहयोग गरेको भन्दै प्रहरीले वर्षा राजवंशीलाई पक्राउ गरेको हो ।

चोरीको सामान बेच्न सहयोग गर्ने ज्याक भनिने भगीरथ माझीलाई समेत पक्राउ गरेको छ । त्यस्तै चोरी भएका सामान किन्ने अर्जुनधारा–६ का धनबहादुर कामीलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा महेश र गंगाको प्रत्यक्ष संलग्नता देखिए पनि अन्य तीन जनाले समेत घटनालाई लुकाउन सहयोग गरेका कारण हत्याका मतियारको रुपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।

हत्या गरेर फरार भएपछि बिष्टको शव भोलिपल्ट विहान घरमै स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । उनका दुई छोरामध्ये एक छोरा काठमाडौं र अर्का अमेरिकामा छन् । विष्ट घरमा एक्लै बस्दै आएकी थिइन् ।

गत वैशाख २६ गते शिवनगर टोल बस्ने विष्ट घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । उनको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सुनको गहना तथा नगद लुट्ने उद्देश्यले ती महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

अनुसन्धानमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोको प्रदेश अनुसन्धान समूह विराटनगर, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको टोली खटिएको थियो ।

 

पछिल्लो समाचार

वडा सचिव भट्टराईलाई सेवाग्राहीले कुटे

अघिल्लो समाचार

इलाम लिग : सेमिफाइनल खेल्ने टिम पक्का

Related Posts

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम
banner

अपाङ्गता भएका व्यक्तिहरूकाे संस्थाका पदाधिकारीलाई क्षमता विकास तालिम

पुस २, २०८२, १:५७ .बुधबार
प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता
banner -2

प्याव्सन मेचीनगरको अन्तरविद्यालय प्रतियोगिता

मंसिर २९, २०८२, १२:५६ .सोमवार
झापा गोल्डकप माघ २४ गतेदेखि
banner -1

झापा गोल्डकप माघ २४ गतेदेखि

मंसिर २९, २०८२, १२:४१ .सोमवार
मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.