झापा, २४ जेठ । टायल्स तथा मार्बल ब्यवसायी संघ झापाले पूर्णता पाएको छ ।
ब्यवसायीको हक, हितका लागि गठित मार्बल ब्यवसायी संगठित हुँदै संघलाई पूर्णता दिएका हुन् ।
बिर्तामोड स्थित कला, डिजाइन एण्ड इन्टेरियर सप्लायर्सका सञ्चालक समेत रहेका कुशल खतिवडाको अध्यक्षतामा गठित संघले पूर्णता पाएको हो । खतिवडा बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव समेत रहेका हुन् ।
संघको वरिष्ठ उपाध्यक्षमा विजयकुमार गोयल, उपाध्यक्षमा जयप्रकाश सिटौला र सोम खनाल, सचिवमा बलदेव योगी, सहसचिवमा बिक्रम खरेल र कोषाध्यक्षमा मदन अग्रवाल छन् ।
यसैगरी सदस्यहरुमा सुसन प्रसाई, तुलसी उप्रेती, भानुभक्त अधिकारी, राम सिटौला, चन्द्रप्रसाद भट्टराई छन् । यसैगरी नेत्रप्रसाद विमलीको संयोजकत्वमा सल्लाहकार समिति गठन भएको छ । समितिको सदस्यहरुमा श्याम लम्साल र अजय नाटा रहेका छन् ।
झापामा एकसय भन्दा बढी मार्वल ब्यवसायी रहेको बताइएको छ । गठित समितिले व्यवसायीको हक, हित र सुरक्षाका लागि काम गर्ने जनाइएको छ ।
बिर्तामोड स्थित संघको कार्यालयमा महासचिव खतिवडा सहित टायल्स तथा मार्बल ब्यवसायी संघ झापाका सबै पदाधिकारी र सदस्यहरुलाई संघका अध्यक्ष राजु न्यौपाने सहितका व्यवसायीले बधाई ज्ञापन गरेका थिए ।
Discussion about this post