झापा, १७ भदौ । बिर्तामोडको शनिश्चरे रोडदेखि अतिथिसदन जाने सडकको कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।
बिर्तामोड नगरपालिका र सडक वोर्डको संयुक्त लगानीमा सडक स्तरोन्नति गर्ने कार्य सुरु गरिएको हो ।
अतिथिसदनदेखि अदुवा खोला पुलसम्मको ३३० मिटरसंगै वानस्टप महलदेखि अतिथि सदन रोडसम्म २१० मिटर र शनिस्चरे रोड मण्डला होटलदेखि कृष्ण हलसम्मको १३९ मिटर सडकपनि संगसंगै स्तरोन्नति भइरहेको बिर्तामोड नगरपालिकाले जनाएको छ ।
६७९ मिटर कालोपत्रे हुने सडकको विभिन्न स्थानमा ६ देखि ९ मिटरसम्म चौडाई छ । कालोपत्रे निर्माणको ठेक्का उदयपुरको कौशल्या बिल्डर्सले पाएको छ ।
सडक स्तरोन्नतिका लागि २०८१ जेठ २१ गते ९१ लाख ६ हजार ७२३ रुपैयाँमा (भ्याट र पिएस) सहित सम्झौता भएको हो । ठेक्का सम्झौता अवधि आगामी असोज ३० गतेसम्म छ ।
सडक बोर्डको ७० प्रतिशत र बिर्तामोड नगरपालिकाको ३० प्रतिशत लगानी रहेको यो बजेटमा अन्य वडाभित्रका सडकहरुसमेत स्तरोन्नति हुने भएको छ ।
आगामी हप्ता सम्ममा ३ वटै सडकको कालोपत्रे गर्ने काम सम्पन्न हुने बिर्तामोड नगरपालिकाका सवईन्जिनियर डिल्लीराम ओलीको दावी छ ।
Discussion about this post