२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

उपभोक्ता जागरण अधिवेशन

पारी तरकारी पसलमा ‘वन्ली फर सेल नेपाल’ लेखेको पाइन्छ : मन्त्री कार्की

भदौ २९, २०८१, १२:१० .शनिबार
0
0
0
SHARES
52
VIEWS
Share on FacebookShare on Twitter

झापा, २९ भदौ । खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले पारी (भारत) तरकारी पसलतिर ‘वन्ली फर सेल नेपाल’ भनेर पोष्टर टास्ने गरेको बताए ।

आज बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनको प्रमुख अतिथिको रुपमा उद्घाटन गर्दै उनले त्यस्तो बताएका हुन् ।

‘अखाद्य वस्तुको प्रयोगले विरामीको संख्या बढ्न थालेको छ’, मन्त्री कार्कीले भने–‘भारतको जुनसुकै ठाउँमा नेपाल पठाउने तरकारीमा वन्ली फर सेल नेपाल लेखिएको हुन्छ । विषादी भएको वस्तु चाहिँ नेपालीलाई पठाउने गरेको छ । पारी त भयो । यता झापामा पनि काँचो केरा, लट्टेको सागमा उच्च मात्रामा विषादी पाइएको छ । प्रत्येक घरमा क्यान्सर पीडित भेटिन थालेका छन् ।’

उनका अनुसार नेपाल डब्लुटिओको सदस्य भएकाले भारतलाई केहि भन्न सकिन्न । खान लायक छ कि छैन भन्सारमा जाँच गर्नुपर्छ । विषादी भएका वस्तु प्रयोग गर्न, खान हुन्न भन्ने कुरा विद्यालयको कोर्समा नै राख्नु पर्ने उनको भनाई छ ।

उपभोक्तावादी संघ–संस्थाले निरन्तर खवरदारी गर्नु पर्ने र स्थानीय सरकारले अनुगमनलाई तिव्र बनाएर त्यस्तो अखाद्य वस्तु भेटे स्पोटमा कारवाही गर्नुको विकल्प नहुने उनको जोड थियो ।

अब तरकारीमा पनि ईन्जेक्सन : उपमेयर उप्रेती

कार्यक्रममा मेचीनगर नगरपालिका उपमेयर मीना पोखरेल उप्रेतीले डाक्टरले मात्र विरामीलाई ईन्जेक्सन लगाउने गरेका थिए अब तरकारीमा पनि ईन्जेक्सन लगाउन सुरु भएकोमा चिन्ता व्यक्त गरेकी थिइन् ।

सूचना दिनेको नाम गोप्य : उपमेयर संग्रौला

बिर्तामोडका उपमेयर नगेन्द्रप्रसाद संग्रौलाले भारत वा काहिँबाट पनि विषादी भएको वस्तु कसैले ल्याएमा नाम गोप्य राख्ने गरी सूचना दिन जनतालाई आग्रह गरेका छन् । त्यस्तो फेला परेको सूचना पाए कानून अनुसार जरिवना र दण्ड गरिने उनको भनाई छ ।

उनले खाद्य तथा नाप तौल कार्यालय बिर्तामोडमा नभएकोले तत्काल राख्ने व्यवस्था मिलाईदिन मन्त्री कार्की माग गरे ।

कार्यक्रममा उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय सल्लाहकार केदार कोइराला, नेकपा माओवादी केन्द्रका कोशी प्रदेश कमिटी सदस्य कुवेर श्रेष्ठ, उपभोक्ता मञ्च झापाका अध्यक्ष वेदप्रकाश अग्रवाल, चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य ओमप्रसाद विमली लगायतले विषादीयुक्त वस्तु किनबेच र प्रयोगमा सबै सजग हुनु पर्नेमा जोड दिएका थिए ।

उपभोक्ता अदालत गठन गर्नुपर्छ : मार्सेली

उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेलीले अध्यक्षतासहित प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले जनतालाई सचेत र सरोकारवालालाई सगज बनाउन सरकारलाई उपभोक्ता अदालत गठन गर्न समेत माग गरेका थिए ।

जनप्रतिनिधिप्रति लक्षीत गर्दै अध्यक्ष मार्सेलीले भने–‘हाम्रो काम भुक्ने हो । तपाईहरु टोक्नुहोस् । दिनभरि–रातभरि हामी भुक्ने । तर, तपाईहरु सुतिदिनु भयो भने समस्या हुन्छ । अहिलेसम्म भएको यथार्त त्यहि हो ।’

महासचिवको प्रतिवेदन केन्द्रीय सदस्य रामजनक कटुवालले प्रस्तुत गरेका थिए ।

उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय उपाध्यक्ष सुशीलाकुमारी दवाडी सुवेदीले स्वागत गरेको कार्यक्रमको स्ञ्चालन झापा सचिव विशाल थापाले गरेका थिए ।

भिडियो पनि हेर्नुहोला ।

पछिल्लो समाचार

महासंघले दियो स्व.पत्रकार पाठक परिवारलाई एक लाख

अघिल्लो समाचार

उपभोक्ता जागरण अभियानको केन्द्रीय अध्यक्षमा पुनः ‘मार्सेली’

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.