झापा, २९ भदौ । उपभोक्ता जागरण अभियान नेपालको तेस्रो राष्ट्रिय अधिवेशनले पुनः कृष्णप्रसाद भण्डारी मार्सेलीको नेतृत्वमा नयाँ समिति सर्वसम्मत चयन गरेको छ ।
आज बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपालको तेस्रो केन्द्रीय राष्ट्रिय अधिवेशनले अध्यक्ष मार्सेलीको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षहरुमा सुशीलाकुमारी दवाडी सुवेदी, राजेन्द्रकुमार घिमिरे र रोहितकुमार दाहाल, महासचिवमा चिन्तामणि पराजुली, सचिवद्वयमा शान्ता घिमिरे र रामजनक कटुवाल, सहसचिवमा बद्रीविशाल घिमिरे र कोषाध्यक्षमा केशवप्रसाद चापागाई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्ष्मण थापा, सहदेवप्रसाद बाँस्तोला, मणिकुमार अर्याल, यज्ञ शर्मा, मोहन काजी, निलकण्ठ तिवारी, मुरारी वस्ती र प्रेमप्रसाद घिमिरे रहेका छन् ।
Discussion about this post