झापा, २९ भदौ । उपभोक्ता जागरण अभियान नेपाल झापाको प्रथम अधिवेशनले शालिकराम भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
आज बिर्तामोड स्थित सेन्टर पोइन्ट पार्टी प्यालेसमा उपभोक्ता जागरण अभियान नेपाल पहिलो जिल्ला अधिवेशनले अध्यक्ष भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
भट्टराई नेपाल सरकारका अवकास पूर्व अधिकृत हुन् । कर्मचारीवृत्तमा एक इमानदार र असल राष्ट्रसेवकका रुपमा परिचित छन् ।
अधिवेशनले उपाध्यक्षमा इन्द्र ओली, सचिवमा विशाल थापा, सहसचिवमा कल्पना भट्टराई र कोषाध्यक्षमा शेखरनाथ अधिकारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा अर्जुन कार्की, कमला शिवाकोटी, धमेन्द्रकुमार गुत्ता, राजन पौडेल, विदुर तिवारी, थिरप्रसाद खतिवडा, उदयनारायण ढुंगाना र रमेश खरेल रहेका छन् ।
Discussion about this post