बिर्तामोड, १२ कात्तिक । दुबै मृगौला खराव भएर उपचारमा नै सवै सम्पत्ति सकिएपछि अर्काको घरमा आश्रय लिएर बसेका भक्तबहादुर भारतीले सहयोगको अपिल गरेका छन् ।
मेचीनगर–४ स्थित बाहुनडाँगीका दुबै मृगौला खराव भएका ४० बर्षीय भारतीले सकेको आर्थिक सहयोग गरेर जीवन बचाइदिन स्वदेश तथा बिदेशमा रहने सम्पूर्ण शुभेच्छुकहरुलाई आग्रह गरेका छन् ।
हाल अर्जुनधारा–४ स्थित समावेशी टोलको एक घरमा आश्रय लिएर परिवारसहित बस्दै आएका विरामी भारतीले सवैको सहयोगले आफ्नो जीवन बच्ने भन्दै सहयोगको अपेक्षा गरेका हुन् ।
२०८० पुसमा प्रेसरले हानेपछि धुलाबारी स्थित आम्दा अस्पतालमा परिक्षण गर्दा त्यहाँका चिकित्सकको सल्लाह अनुसार बिराटनगरको नोवेल टिचिङ अस्पतालमा परिक्षण गर्दा दुबै मृगौला फेल भएको थाहा पाएको उनले जानकारी दिए ।
अहिले भारतीले बिर्तामोड स्थित बीएण्डसी अस्पतालमा हप्तामा दुई पटक डायोलोसिस गर्दै आएका छन् । डायोलोसिस फ्रिमा भएपनि रगत लिदा र अन्य औषधि सेवन गर्न महिनाको २० हजार रुपैयाँ खर्च हुने उनको भनाई छ ।
‘उपचारकै क्रममा भएको सवै सम्पत्ति सकियो’ उनले भने ‘अहिले अर्जुनधारा–६ को समावेशी टोलमा एउटा घरमा आश्रय लिएर बसेको छु ।’
आर्थिक अवस्था कमजोर भएका कारण मेचीनगर–४ बाहुनडाँगीमा रहेको ७ कठ्ठा जग्गासहित घर बेचेर उपचार गर्दै आएका थिए ।
उनको हाल आर्थिक अभावकै कारण उपचारमा समस्या भएको उनकी श्रीमती गिता गिरी भारतीले बताइन् ।
आफ्नो भएको जायजेथा सवै बेचेर साथै आफन्तहरुसँग सापटी लिएर उपचार गर्दा पनि ठीक नभएको र अब उपचार गर्न कुनै बाटो नभएकाले सवै समक्ष सहयोगको याचाना गरिएको गिताले बताइन् ।
पीडित भारती दम्पत्तीका १७ बर्षीया छोरी आयुश्मा र १५ बर्षीय छोरा आयुसका साथमा समावेशी टोलको एक घरमा आश्रय लिएर बस्दै आएका छन् । भक्तबहादुर भारती परिवारका एक मात्र छोरा हुन् ।
भारती बन्धु एकता समाज नेपालका केन्द्रीय अध्यक्ष उमेश भारतीले आर्थिक अभावकै कारण उपचारमा समस्या झेल्दै आएका भक्तबहादुरलाई सहयोग गरी जीवन बचाइदिन सवैमा अनुरोध गरेका छन् ।
उनलाई सहयोग गर्न चाहाने मनका धनिहरुले मृगौला पीडित भक्तबहादुर भारतीको नाममा रहेको नेपाल बैंक लि. खाता नं. ०५५०१००७६४०४४००००००१ मा सहयोग गर्न परिवारले आग्रह गरेका छन् ।
Discussion about this post