झापा, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध देशैभर भण्डाफोर कार्यक्रम गर्ने निर्णय गरेको छ ।
आज पार्टी कार्यालय धुम्वाराहीमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले वर्तमान सरकारका कारण भ्रष्टाचार संस्थागत हुनुका साथै मुलुक अस्तव्यस्त भएको निष्कर्ष निकाल्दै देशभरका सात वटै प्रदेशका साथै अन्य तहमा सरकारबिरुद्ध भण्डाफोर र विरोध कार्यक्रम गर्ने निर्णय गरेको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको बताए ।
सरकारले अर्थतन्त्र चलायमान गराउन नसकेको, अन्तराष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको उनको भनाई छ ।
बैठकमा जिल्ला अधिवेशन बैशाखमा, क्षेत्र, नगर र गाउँको पुस महिनामा अधिवेशन सक्ने गरी तयारी गर्न निर्देशन दिएको छ ।
Discussion about this post