४ फाल्गुन २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

राजनीति

०८४ मा झापा–१ बाट चुनाव नलड्न सक्छु : सांसद शर्मा

पुस २१, २०८१, १:२० .आइतवार
0
0
0
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, २१ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्न सक्ने बताएका छन् ।

नेपाली कांग्रेसको १०० दिने अभियान अन्तरगत आज धुलाबारी स्थित अतिथि सदनमा क्षेत्रिय समितिले आयोजना गरेको क्षेत्रिय भेलालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् ।

उनले अबको ०८४ मा झापा क्षेत्र नं. १ बाट चुनाव नलड्ने र साथिहरुलाई चुनाव लड्नका लागि तयारी रहन अनुरोध गरेका छन् ।

०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ

‘०८४ मा कांग्रेस एक्लै चुनाव लड्छ’, झापा क्षेत्र नं. १ बाट प्रतिनिधि सभाका सांसद समेत रहेका शर्माले भने–‘अबको मिसन हिमालको चुचुरो र राजनीतिकको चुचुरो पुग्ने कोशिस गर्नेछु । ०८४ का लागि भोट माग्ने होइन, पहिला भोट दिएकाहरुको ऋण तिर्नेमा लागिरहेको छु ।’

हिमालको चुचुरोसँगै राजनीतिकको चुचुरो पुग्ने अभिलाषा

भर्खरै हिमालको बेस क्याम्प पुगेका सांसद शर्माले हिमालको चुचुरोसँगै राजनीतिकको चुचुरो पुग्ने अभिलाषा रहेको बताए ।

५० वटा जति योजना ल्याए

सांसद शर्माले झापा क्षेत्र नं. १ मा करिव ४० वटा जति योजनाहरुको बजेट ल्याएर काम भइरहेको बताए । उनका अनुसार कुनै सकिए, कुनै अधुरो र कुनै धमाधम काम भइरहेको छ ।

दुई कार्यकाल मात्र प्रधानमन्त्री

समग्रमा देश विकास नहुनुमा स्थिर सरकार नभएका कारण भएको बताउँदै उनले स्थिर सरकारका लागि दुई कार्यकाल मात्र प्रधानमन्त्री रहन पाउने गरिको संविधान शंसोधन गर्नु पर्ने बताए ।

उनले भने–‘विदेशी नियमको व्याख्या गरेका छन् । पपुलर र प्रत्यक्षमा धेरै सिट ल्याउने पहिलो दललाई अपुग अर्थात केहि रहेका सिट दिने र पहिलो दलको प्रधानमन्त्रीले पाँच वर्ष सरकार चलाउने । प्रधानमन्त्रीले २ वर्षमा विश्वासको मत लिने । नियमको दश वटा इन्डिकेटर पुरा गरे । विश्वासको मत पाउने र पाँच वर्ष सरकार चलाउन सक्ने हुनु पर्छ ।’

सहकारी ठग्नेलाई कानूनले छाड्दैन

उनले सहकारी ठग्ने जो कोहिलाई कानूनले नछाड्ने बताए । उनका अनुसार विश्वप्रकाशले गल्ती गरे वा भ्रष्टाचार गरे जुलुश लाउने होइन कानूनले दण्ड दिन्छ ।

चुनाव जितेपछि हरेक महिना झापा क्षेत्र नं. १ आएका उनले ०८१ सालसम्म महिनामा एकचोटी आउने र ०८२ सालदेखि दुई महिनामा एकचोटी झापा आउने सुनाए ।

कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य गोमा भट्टराई, कोशी प्रदेश समिति सदस्यद्वय विमल आचार्य, शोभा नेम्बाङ, महासमिति सदस्य राम कट्टेल, झापाका सभापति देउमान थेवे, नगर सभापति सुदय पनेरु, बुद्वशान्ति गाउँपालिका–४ का वडाध्यक्ष एवम् कांग्रेस वडा सभापति शेरबहादुर रायाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कांग्रेस क्षेत्रिय समिति झापा क्षेत्र नं. १ का सभापति इन्द्रबहादुर बुढाथोकीले भेलाको औचित्यमाथि प्रकाशसहित अध्यक्षता गरेको कार्यक्रमको स्वागत उपसभापति सन्तोष न्यौपानेले र सञ्चालन सचिवद्वय गुणराज भट्टराई (राजन) र सुरेन्द्र बुढाथोकीले संयुक्त रुपमा गरेका थिए ।

भिडियो पनि हेर्नु होला ।

पछिल्लो समाचार

बौद्धमोडको स्वास्थ्य शिविरबाट ८२४ जना लाभान्वित

अघिल्लो समाचार

सिम्रिकको कानेपोखरीमा पाँच दिने श्रृंगार तालिम

Related Posts

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक
banner

झापा–१ मा राप्रपाको चुनावी ‘संकल्प पत्र’ सार्वजनिक

फाल्गुन ३, २०८२, १२:५६ .आइतवार
मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू
banner -2

मेचीनगरमा ´मतदाता शिक्षा`का लागि खटिए स्वयंसेविकाहरू

फाल्गुन ३, २०८२, ३:१८ .आइतवार
आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा
banner -2

आर्मीकाे लज्जास्पद हार, मछिन्द्र फाइनलमा

फाल्गुन २, २०८२, १:०७ .शनिबार
बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण
banner -1

बुधबारदेखि शिव पातालगंगा मन्दिरमा पुराण

फाल्गुन २, २०८२, ११:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.