मेचीनगर, २१ पुस । नेपाल मानव धर्म सेवा समितिले मेचीनगर–२ स्थित बौद्धमोडमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा ८२४ जनाले सेवा लिएका छन् ।
आराध्या माताजीको जन्मोत्सवको पावन अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले सामाजिक उत्तरदायित्व अन्तरगत शनिबार एकदिने निःशुल्क स्वास्थ्य शिविरमा उक्त संख्याका विरामीले सेवा लिएका हुन् ।
नेपाल मानव धर्म सेवा समितिका सुवर्ण बाइजी सन्त महात्माको अध्यक्षतामा आयोजित कार्यक्रमको उद्घाटन वडा नम्बर २ का वडाध्यक्ष दीपक बरालले गरेका थिए ।
प्रमुख अतिथि वडाध्यक्ष बरालले मानिसको स्वास्थ्य संवेदनशिलतालाई बुझेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नु राम्रो कार्य रहेको बताए । मानिस स्वास्थ्यबाट बन्चित हुँनु हुँदैन उनले भने अप्ठारोमा परेका नागरिकलाई आवश्यम साथ सहयोग गर्न वडाकार्यालय समेत तयार रहेको बताए ।
कार्यक्रममा अग्रज तथा समाजसेवीहरु ज्ञानबहादुर तामाङ, समाजसेवीहरु गोपी रिजाल, यज्ञप्रसाद भण्डारी, छविलाल काफ्ले, नगेन्द्रप्रसाद रिजाल, तुलसी ढुंगाना, पुष्प गुरागाई, कुमार ढुंगाना, शिक्षासेवी दिनेश खड्का लगायतको आतिथ्यत रहेको थियो ।
नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र श्रदेय आश्रम मेचीनगरका सञ्चालक समिति सदस्य सचिन निरौलाले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कमल पौडेलले गरेका थिए ।
अस्पतालसम्म पहुँच नपुगेका विरामीहरुमा स्वास्थ्य उपचार सेवाका लागि ओमसाई पाथिभरा हस्पिटल एण्ड रिसर्च सेन्टर, भद्रपुरका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको छ । त्यस्तै मेची नेत्रालय काँकरभिट्टाका नेत्र बिशेषज्ञबाट आँखा जाच गरिएको थियो ।
बौद्धमोड इङ्गलिस बोर्डिङ स्कुल परिसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा बरिष्ठ बालरोग बिशेषज्ञ डा सुभास बस्नेत, बरिष्ठ फिजिसियन डा डालिम काफ्ले, बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा.एलिजा गौतम, बरिष्ठ नेत्र बिशेषज्ञ डा योगेन्द्र राउत लगायतका चिकित्सकले सेवा दिएका थिए ।
शिविरमा फिजिसियनतर्फ ३५७, गाइनोतर्फ ४३ र बालरोगतर्फ ६७ जनाले सेवा लिएका थिए । त्यस्तै ३५७ जनाले आँखा जाँच गराएका छन् । उनीहरुलाई आवश्यकता अनुसार निःशुल्क ल्याब, इसिजी, चस्मा र औषधिसमेत वितरण गरिएको आयोजकले जनाएको छ ।
ब्रह्माण्ड अपाङ्ग र महिला बचत तथा ऋृण सहकारी संस्था र सोनाम लामासहित सोनाम औषधि केन्द्र सहयोगी संस्थाको रुपमा रहेको थियो । स्वास्थ्य शिविर व्यवस्थापन सहयोग बौद्धमोड इङ्गलिस बोर्डिङ स्कुल परिवार र मानव धर्म सेवा समितिका स्वयंसेवकहरुले गरेका थिए ।
Discussion about this post