मेचीनगर, २६ पुस । गोर्खा मेमोरियल फ्रण्ड युकेका अध्यक्ष धनकिरण गुरुङ आज झापा आएका छन् ।
युके स्थित फोक्सटन सिटीका पूर्व काउन्सिलर तथा गायक गुरुङ आज झापा आएका हुन् ।
उनीसँगै फोक्सटन सिटीका उद्योग बाणिज्य संघका अध्यक्ष एवम् फ्रण्डका दाता रे जोनसोन पनि आएका छन् ।
आइतबार गोर्खा मेमोरियल फ्रण्ड युकेको सहयोगमा मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी नमुना माविलाई ३१ वटा सुविधा सम्पन्न कम्प्युटर ल्याव हस्तान्तरण गर्ने कार्यक्रम रहेकोले उहाँहरु झापा आउनु भएको गोर्खा मेमोरियल फाउण्डेशन नेपालका अध्यक्ष गंगालाल गुरुङले जानकारी दिए ।
‘शनिबार विद्यालयमा कम्प्युटर ल्यावको तयारी गर्ने छौँ’, गुरुङले भने–‘पर्सी कार्यक्रमको उद्घाटन गरिने छ । विद्यालयलाई ३१ वटा सुविधा सम्पन्न कम्युटर ल्याव दिइने छ ।’
सामाजिक कार्यमा सक्रिय फ्रण्डले यसअघि काँकरभिट्टा माविलाई पनि सुविधा सम्पन्न कम्प्युटर ल्याव प्रदान गरेको थियो ।
फोक्सटन सिटीसँग मेचीनगर नगरपालिकाको भगेनी सम्बन्ध रहेको छ ।
फोटोहरु : देबेन्द्र खरेल
Discussion about this post