६ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भोलिदेखि गायत्री मन्दिरमा अनुष्ठान, उद्घाटन सभामुखले गर्ने

माघ १६, २०८१, १२:४५ .बुधबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १६ माघ । बिर्तामोडको गायत्री माता मन्दिरको पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पूरा भएको छ ।

यही माघ २१ गतेसम्म सञ्चालन हुने अनुष्ठानको बिहीवार विहान प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कलशमा गंगाजल अर्पण गरेर निसान यात्राको सुरु गर्ने कार्यक्रम रहेको छ ।

बिर्तामोड–५ स्थित बालाजी मन्दिर परिसरमा आयोजित कार्यक्रमकाबीच सभामुख घिमिरेले बिहान ८ बजे कलशमा गंगाजल अर्पण गरेपछि शोभायात्रा प्रारम्भ हुने छ ।

पाँचसय भन्दा बढी भक्तजनको सहभागितामा बिर्तामोड नगर परिक्रमापछि गायत्री मन्दिर परिसरमा पुगेर कलशयात्रा बिर्सजन हुने कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिए ।

आचार्य आशुुतोष खनालको संयोजनमा २१ जना ब्राम्हण र एकसय जना बटुक अनुष्ठानमा सहभागी रहने छन् । नेपाल तथा भारतमा ख्यातिप्राप्त भजन गायकद्वारा दैनिक भजन कीर्तनको आयोजना गरिने र स्थानीय भजन कीर्तन मण्डलीले समेत पाँच दिनसम्म भजन कीर्तन गर्ने बताइएको छ ।

भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत, नेहा सिंह राजपुत लगायत सहभागी हुने वंशलले जानकारी दिए ।

त्यस्तै अनुष्ठानमा सहभागीका लागि दैनिक महाप्रसाद बितरण गरिने मन्दिर निर्माण समितिले जनाएको छ । आगामी माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको छ ।

आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने कार्यक्रम तय भएको छ । दाता परिवारहरु, बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो ।

मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको समेत आयोजना गरिएको छ । जसका लागि स्पाइन एक्स हस्पिटल प्रालिले निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाएको छ ।

अढाई करोड लगानीमा माताको मन्दिर निर्माण सम्पन्नसँगै मन्दिर उद्घाटन गर्नु पूर्व मन्दिरको सजावट, शनिश्चिरे रोड सरसफाईदेखि अनुष्ठान परिसर नजिकै घुम्ती सौचालय लगायतका निर्माणको काम सम्पन्न भएको छ ।

पछिल्लो समाचार

काँकरभिट्टामा आइतबारदेखि जिल्लास्तरीय क्रीकेट प्रतियोगिता

अघिल्लो समाचार

प्राविधिक र सांस्कृतिक विद्यालय खोल्न कानूनले छेक्दैन : सभामुख घिमिरे

Related Posts

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा
banner -2

महिला गाेल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

बैशाख ६, २०८३, १२:४६ .आइतवार
बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.