मेचीनगर, १६ माघ । मेचीनगर-६ स्थित तुर्केनी खेल मैदानमा आइतबारदेखि जिल्लास्तरीय टी-१० क्रीकेट प्रतियोगिता हुने भएको छ ।
आज काँकरभट्टा स्थित नमस्ते पार्टी प्यालेसमा केभिटी युथ क्लबले यही माघ २० गतेदेखि २७ गतेसम्म असाेक मसला जिल्लास्तरीय टी-१० क्रीकेट प्रतियोगिता आयोजना गर्न लागेकाे जानकारी गराएकाे हाे ।
केभिटी युथका खेल संयाेजक एवम् नेपाल क्रीकेट संघ झापा सदस्य वरदान खड्काले पत्रकार भेटघाटमा प्रतियोगितामा १२ वटा टिमकाे सहभागिता रहने बताए ।
उनका अनुसार मेचीनगरका ४ वटा टिम विद्यालयका छात्राहरूकाे रहने छ ।
उद्घाटनकाे पहिलाे खेल पुरूषतर्फ बाहुनडाँगी र १६ नम्बर क्रीकेट युवा क्लब तथा महिलातर्फ एमिटी र गंगा मेमाेरियल स्कुलबीच प्रतिस्पर्धा हुने उनले बताए ।
प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित मेडल, ट्रफि र प्रमाणपत्र पाउने छन् ।
त्यस्तै प्लयर अफ द शिरिजलाई ५ हजार, व्याट्स म्यान र वेष्ट बलरलाई जनही २५ /२५ सय, डेली म्यान अफ द म्याचलाई ५ सय प्रदान गरिने आयोजकले जनाएकाे छ ।
प्रतियोगिता सम्पन्न गर्न करिव ३ लाख २१ हजार ५ सय रूपैयाँ खर्च लाग्ने खेल संयाेजक खड्काले बताए ।
´नेपालमा युवाहरूमा क्रीकेटकाे क्रेज बढिरहेकाे छ`, खेल संयाेजक खड्काले भने-´अन्य खेलकुदका गतिविधि भन्दा क्रीकेट प्रतियोगिता खेलाउँदा राम्राे हुन्छ भनेर आयोजना गर्न लागिएको हाे ।`
काँकरभिट्टाका युवाहरूकाे एक समूह मिलेर केभिटी युथ क्लब गठन गरेका छन् । क्लब दर्ता प्रक्रियामा रहेकाे छ । साेही समुहले उक्त प्रतियोगिता गर्न लागेकाे छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि मेची उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य एवम् युवा व्यवसायी सन्ताेष खवासले क्रीकेट खेलले मनाेरञ्जन मात्र दिँदैन समाज र देशकाे नाम राेशन गर्न मद्वत गर्ने बताए ।
केभिटी युथ क्लबका अध्यक्ष सुजित कार्कीकाे अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनकाे सञ्चालन सचिव संगम बरालले गरेका थिए ।





Discussion about this post