२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरमा १९ जना नेताको अगुवाईमा ‘जरा अभियान’

माघ २१, २०८१, ३:५० .सोमवार
0
0
0
SHARES
270
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, २१ माघ । पार्टीको जरा अभियानलाई सशक्त बनाउन एमालेको केन्द्र, प्रदेश र जिल्लामा रहेका मेचीनगरका १९ जना नेताहरु परिचालित भएका छन् ।

नेकपा एमाले जिल्ला पार्टी कार्यालय झापाले पठाएको सर्कुलर अनुसार मेचीनगरको भूगोलमा रहेर काम गरिरहेका १९ जना नेताहरुको अगुवाईमा जरा अभियानलाई सशक्त बनाउन परिचालित भएका हुन् ।

मेचीनगरको १५ वटै वडामा खटिने गरी नेताहरुलाई जिम्मेवारी दिइएको छ । जसमा मेचीनगर–१ नम्बर वडामा संगीता थापा, वडा नं.२ मा रेणुका डाँगी, ३ नं. वडामा पर्शुराम राजबंशी र चन्द्र प्रसाई, ४ मा श्रीप्रसाद मैनाली, ५ मा डिल्लीराम घिमिरे र रामचन्द्र उप्रेती, ६ मा देवकुमार राई, ७ मा लक्ष्मीप्रसाद उप्रेती र भुपाल शिवाकोटी रहेका छन् ।

त्यस्तै वडा नं. ८ मा विष्णु प्रसाई, ९ मा हरिदास ढुंगाना, १० नं. वडामा यमकान्त बराल, ११ मा हरिचरण बानियाँ, १२ मा कृष्ण कनाल, १३ मा भीम खवास १४ मा निर्मला परियार र १५ नम्बर वडामा निलकण्ठ तिवारी र ह्दय राजबंशीले जिम्मेवारी पाएका छन् ।

आगामी चैत मसान्तसम्म सञ्चालन हुने अभियानमा ०८४ सालको मिसनलाई समेत सफल बनाउने गरी तयारी गरिएको मेचीनगर अध्यक्ष राजु कार्कीले बताए ।

पार्टीको सुदृढिकरण तथा सुद्विकरण, नयाँ सदस्य बढाउने, पार्टी विरुद्धका गतिविधिहरु, सामाजिक सञ्जाल (फेसबुक) मा भ्रम फैलाउने, गलत प्रचारको भण्डाफोर गर्ने लगायतका सामाजिक रुपान्तरणसँग जोडिएका सबै विषयमा गहन छलफल र बहस गरी अभियान उपलब्धीमुलक बनाउने कार्कीको भनाई छ ।

त्यस्तै पार्टीको १० औँ महाधिवेशनले निर्णय गरेका केहि नीतिगत कार्यक्रमहरु पनि गर्ने योजना रहेको छ । युवाहरु लक्षित कार्यक्रमहरुमा लेखन क्षमता, सांस्कृतिक तथा गीत संगीत, लागूऔषध, साहित्य, कृषि, उद्यमशीलता लगायत रहेका छन् ।

यसैबीच नगर कमिटीले भातृ संगठनहरुले गरेका कार्यक्रमहरुको मुल्याङ्कनका आधारमा सम्मान समेत गरेको छ । आइतबार नगर कमिटीको तेस्रो पूर्ण वैठकमा उपसचिव राजु धिमालले प्रस्तुत गरेको प्रतिवेदनमा सबै भन्दा सक्रियरुपमा काम गरेको भन्दै अखिल नेपाल महिला संघ (अनेमसंघ) मेचीनगरलाई पहिलो नम्बरमा राखेर सम्मान गरेको छ । अनेमसंघ मेचीनगर अध्यक्ष हेमा सिटौलालेले उक्त सम्मान ग्रहण गरेकी थिइन् ।

वैठकमा जनसंगठनको प्रतिवेदन उपसचिव धिमालले, कार्यविभाजनको प्रतिवेदन उपाध्यक्ष कञ्चनकुमार तामाङ र संगठनको प्रतिवेदन सचिव सागर ओलीले प्रस्तुत गरेका थिए ।

वैठकमा प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् झापा इन्चार्ज रोमनाथ ओली, केन्द्रीय सदस्य रविन कोइराला, राष्ट्रिय सल्लाहकार परिषद् सदस्य विष्णु प्रसाई लगायतले अभियान सफल पार्न सबै एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।

वैठकमा केन्द्रीय सदस्य मीना पोखरेल उप्रेती, कोशी प्रदेश सदस्य गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली, नेताहरु हरिचरण बानियाँ, भीम खवास, देवकुमार राई लगायत जिल्ला, क्षेत्र तथा वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

नगर कमिटी अध्यक्ष राजु कार्कीको अध्यक्षतामा सम्पन्न पूर्ण वैठकको स्वागत उपसचिव जानुका ओली र सञ्चालन सचिव सागर ओलीले गरेका थिए ।

पछिल्लो समाचार

क्यान्सरका विरामीलाई हवाई टिकट फ्री

अघिल्लो समाचार

मेचीनगरमा नाप तौल परीक्षणमा खट्यो डोर टोली

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.