५ माघ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

गायक दिनेशलाई भोट गर्न दशनामी समाजको आग्रह

फाल्गुन ३, २०८१, २:२६ .शनिबार
0
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३ फागुन । ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन–६ को फाइनल राउण्डमा प्रवेश गरेका दिनेश भारतीलाई भोट गरिदिन नेपाल दशनामी समाजले आग्रह गरेको छ ।

कोशी प्रदेशकै सवै भन्दा ठूलो गायन रियालिटी शो ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ सिजन–६ को टप ५ अर्थात फाइनल राउण्डमा पुगेका भारतीलाई भोट गरेर विजेता बनाउन समाजको केन्द्र, प्रदेश, जिल्ला र नगरले आग्रह गरेको हो ।

आज नेपाल दशनामी समाज बिर्तामोड नगरसमितिद्धारा अर्जुनधारास्थित सालवारी झीलमा आयोजित वनभोज कार्यक्रममा दिनेश दशनामीहरुका प्रतिभा भएकाले उनलाई विजेता बनाउन साथ, सहयोगसहित भोट गरिदिन आग्रह गरेका छन् ।

सोही अवसरमा गायक दिनेशलाई भोटिङ सहयोगका लागि समाजका केन्द्रीय सल्लाहकार तथा झापा कोषाध्यक्ष बालकृष्ण गिरी, झापा उपाध्यक्ष सन्तोष गिरी, सामाजिक ब्यक्तित्व राजु गिरी र कमल गिरीले जनही ५ हजार रुपैयाँको टिकट खरिद गरेका थिए । अन्य दशनामी बन्धुहरुले पनि टिकट खरिद गरिदिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समाजका केन्द्रीय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रीय संरक्षक भरतलाल गिरी, कोशी प्रदेश पूर्व अध्यक्ष चन्द्रप्रसाद गिरी, कोशी प्रदेश अध्यक्ष पदमबहादुर पुरी (प्रकाश) लगायतले देशभरका दशनामी बन्धुहरुले दिनेशलाई जिताउन आग्रह गरेका थिए ।

गायक दिनेशले गायन प्रस्तुत गर्दै उपस्थित सवैलाई नचाएका थिए । उनले गायन क्षेत्रमा योगदानको चर्चा गर्दै आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

फाइनल राउण्ड अर्थात टप ५ मा पर्न सफल पाँचथरको याङवरक गाउँपालिका–६ का दिनेश भारतीलाई भोट गरिदिन भारती बन्धु एकता समाजले पनि आग्रह गर्दै आएको छ ।

गत भदौ महिनाको पहिलो हप्ताबाट शुरु भएको गायन रियालिटी शोमा कोशी प्रदेशका १४ सहित १७ जिल्लाका ५७० जना भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

प्रतिस्पर्धीहरुलाईपछि पार्दै भारती टप ४५०, ३००, २००, १५०, ७५ हुँदै टप ४० सँगै भोटिङ राउण्डमा प्रवेश गरेका थिए । हाल फाइनल राउण्डमा प्रवेश उनलाई भोटीङ गर्न चाहानेले यहाँ दिइएको क्यूआरलाई स्क्यान गरेर गर्न सकिनेछ ।

दिनेशले १५ बर्षअघिदेखि गायन क्षेत्रलाई निरन्तरता दिँदै आएको बताए । सिजन–६ को ग्राण्ड फिनाले फागुन महिनाभित्र धनकुटाको टुडिखेलमा हुने बताइएको छ । उक्त गायन रियालिटी शोमा विश्वभरका नेपाली वरिष्ठ गायक तथा संगीतकार, राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने आयोजकको भनाई छ ।

नेपाल दशनामी समाज बिर्तामोड नगर अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष खेमराज गिरीले र सहजीकरण समाजका प्रेस सल्लाहकार उद्धव पुरीले गरेका थिए ।

पछिल्लो समाचार

उपाधिका लागि अर्जुनधारा र कनकाई नगरपालिका भिड्ने

अघिल्लो समाचार

आर्थिक विकास सूचकांकमा मेचीनगर ‘झापाकै प्रथम’

Related Posts

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय
banner

झापा–१ मा पाँच पार्टीका ५ जना उम्मेदवार तय

माघ ४, २०८२, २:१९ .आइतवार
झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार
banner -1

झापा–१ बाट एमालेका रामचन्द्र उप्रेती उम्मेदवार

माघ ४, २०८२, १:१० .आइतवार
झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner -2

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.